जापानले नेपाललाई करिब ३१.७६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने
आर्थिक परिवेश

१७ मंसिर, काठमाण्डौ ।    जापान सरकारले नेपालललाई करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । काठमाण्डौको कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा बुधवार हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहनेछ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास तथा फ्लाइओभर निर्माण…

मौद्रिक नीति समीक्षा कर्जा प्रवाह व्यवस्थामा केही सहज मौद्रिक उपकरण थप लचिलो
आर्थिक परिवेश

१५ मंसिर काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक उपकरणहरू थप लचिलो बनाएको छ । राष्ट्र बैङ्कले स्थायी तरलता सुविधा दर र नीतिगत दर घटाएको छभने कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा केही सहज प्रावधानहरू अवलम्बन गरेको छ । राष्ट्र बैङ्कका अनुसार ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई छ प्रतिशतबाट घटाई पाँच दशमलव ७५ प्रतिशत कायमा गरेकाे छ । नीतिगत दरलाई चार दशमलव ५० प्रतिशतबाट घटाई चार दशमलव २५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको तल्लो…

कमजोर पुँजीगत खर्चले विकास निर्माणमा गतिरोध आएको छ : अर्थमन्त्री खनाल
आर्थिक परिवेश

११ मंसिर,  भैरहवा (रुपन्देही)  ।     अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको आर्थिक विकासलाई तीव्र गतिमा अगाडि बढाउन पुँजीगत खर्चको क्षमता अभिवृद्धि, कर प्रणालीको संरचनागत सुधार र आर्थिक नीतिहरूबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रले नीतिगत स्थिरताभन्दा बढी कार्यान्वयनको समस्या भोगिरहेको स्पष्ट पार्नुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवामा आज भएको अन्तरक्रिया कार्यक्रममा उहाँले पुँजीगत खर्च र कार्यान्वयनमा जोड दिनुभयो । ने नेपालको प्रमुख आर्थिक चुनौती बजेटको आकार नभई खर्च गर्ने क्षमता रहेको अर्थमन्त्री खनालले औँल्याउनुभयो । कमजोर पुँजीगत खर्चले विकास निर्माणमा गतिरोध आएको उहाँको भनाइ थियो । “हाम्रो समस्या बजेटको आकारमा छैन, समस्या त खर्च गर्ने क्षमतामा…

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय कर सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
आर्थिक परिवेश

४ मंसिर, काठमाडौं । ६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै तीन दिनदेखि काठमाडौंमा जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलन आगामी वर्ष हङकङमा आयोजना हुनेछ । मंगलबारदेखि सुरु भएको सम्मेलनमा ३ सय ५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र २ सय जना नेपाली कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए । सम्मेलनको उद्घाटन अर्थसचिव घनश्याम उपाध्यायले गरेका थिए । नेपाल च्याम्बर…

निजी क्षेत्रको सुरक्षा बलियाे बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री
आर्थिक परिवेश

०१ मंसिर, काठमाण्डौ ।   अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले काठमाडौमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले ‘जेनजी आन्दोलन’ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रतिको आक्रोशका रूपमा समेत प्रकट भएको उल्लेख गर्नु भयो । अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्छ भन्नुभयो । अर्थमन्त्री खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने पूर्ण लेखापरीक्षण…