सरकारले तयार पारयाे सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति
आर्थिक परिवेश२३ जेठ, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति निर्माणा गरि काम अघि बढाउने भएको छ । अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ । अर्थमन्त्री पुनको अध्यक्षतमा अर्थ मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानूनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल, निर्देशक समितिअन्तर्गतको समन्वय समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी कानून हेर्ने सचिव लीला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवं अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे सहभागी…
आगामी बजेटले देशमा उत्पादन र रोजगारीका अवसर सृजना गर्छ : अर्थमन्त्री पुन
आर्थिक परिवेश२३ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारकाे बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री पुनले बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्ने दावि गर्नु भयो । अर्थमन्त्री पुनले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको भन्दै बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पुनले नयाँ करका रूपमा हरित कर थालनी गरिएको जनाउँदै मुलुकले सौर्य र नवीकरणीय ऊर्जातर्फ ध्यान दिएको जानकारी गराउनुभयो…
एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट
आर्थिक परिवेश२२ जेठ, काठमाडाैं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गर्नु भएकाे छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गर्नु भयाे । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोगजस्ता समस्या एमसीए नेपालमार्फत…
सुनकाे मुल्यमा उच्च वृद्धि नयाँ रेर्कड कायम
आर्थिक परिवेश२२ जेठ, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनकाे मूल्य तोलामा एक हजार सात सय रूपैयाले वृद्धि भएर नयाँ रेर्कड कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा किनबेच भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै तौलको तेजाबी सुनको मूल्य एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार आठ सय ३५ मा एक…
बजेटकाे छलफल शुरू, संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ रहँदैन : सांसदहरू
आर्थिक परिवेश२० जेठ,काठमाडौँ । प्रतिनिधिसभाको आइतवारकाे को बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल शुरू भएकाे छ । क्रममा सांसदहरुले बजेटमा संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ नरहने धारणा राख्नुभएको छ । बैठकमा बोल्नुहुँदै सांसद श्यामकुमार घिमिरेले बजेटमा संशोधन नहुने हो भने संसदमा छलफल गर्नुको अर्थ नहुने बताउनुभयो । “बजेटले कुनैपनि संशोधन गर्न सक्दैनौ भने हप्तौ लगाएर छलफल गर्नुको अर्थ छैन । कि त कानुन संशोधन गरौं कि त बजेट प्रस्तुत गरेपछि सिधै निर्णयार्थ प्रस्तुत गर्ने व्यवस्था गरौँ” उहाँले भन्नुभयो । पछिल्ला वर्षहरुमा सार्वजनिक ऋण अत्यधिक बढेको उल्लेख गर्नुहुँदै सांसद घिमिरेले…