मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द
आर्थिक परिवेश

०७ पुष, भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ…

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले लियाे
आर्थिक परिवेश

०६ पुष काठमाडौँ ।    सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरयो । जनकपुरलाई उपाधि दिलाउने ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले  १९…

एसियाली विकास बैंकले एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने
आर्थिक परिवेश

 ०५ पुष काठमाडाै ।    एसियाली विकास बैंक (एडीबी)ले विभिन्न तीन परियोजनहरुकाे कार्यान्वयन गर्न  एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ। सहायता रकममध्ये छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो। दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ। अर्थ मन्त्रालयमा शुक्रवार आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नु भयाे । त्यसअवसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा…

अर्थतन्त्रका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागेकाे छ : सरकारका प्रवक्ता
आर्थिक परिवेश

२९ मंसिर काठमाडौँ ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएकोले त्यसलाई सहि बाटाेमा ल्याउन  दुइ दलकाे वर्तमान सरकार गठन भएकाे बताउनु भएकाे छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को  १५औँ वार्षिक साधारणसभा तथा ७ औँ  महासभाकाे उद्घाटन समाराेहमा  सञ्चारमन्त्री गुरुङले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व सङ्कलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित भएकाे बताउनुभयो । “राजस्व लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन । भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै…

शोधनान्तरस्थिति  दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा
आर्थिक परिवेश

  २८ म‌ंसिर  काठमाडौँ ।   चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालकाे शोधनान्तर स्थिति  दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा  एक खर्ब ५० अर्ब २४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा  एक अर्ब ५३ करोडले बचतमा रहेको छ । यस्तै, चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता  ९७ अर्ब १० करोडले बचतमा रहेको थियो । त्यसै गरी , समीक्षा अवधिमा  पाँच अर्ब ७६ करोड प्रत्यक्ष…