अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गरिनेछ : नवनियुक्त अर्थमन्त्री
आर्थिक परिवेश३१ असार काठमाडाैँ । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमवार अर्थ मन्त्रालयमा पद बहाली गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री पौडेलले मुलुकको समग्र अर्थतन्त्रको विकासको काममा सरकारलाई सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले मुलुकमा उत्पादन वृद्धि, रोजगारीको सिर्जना तथा आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि जनाउनुभयो । नेपालले सामना गरेको सबैभन्दा ठूलो समस्या भनेको अस्थिरताको भएको उल्लेख गर्नु हुँदै अर्थमन्त्री पौडेलले वर्तमान संयुक्त सरकारको निर्माणसँगै मुलुक स्थिरतातर्फ अघि बढ्ने सन्देश प्रवाह भएको नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…
४ महिने कार्यकाल सन्तोषजनक रहेको अर्थमन्त्रीकाे दावी
आर्थिक परिवेशकाठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आइतवार आयोजित बिदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको समेत दाबी गर्नुभयो । उहाँले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उहाँले बताउनुभयो । आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँले जिकिर गर्नुभयो । बाह्र वर्षअघि पहिलो पटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पुरक बजेट ल्याएको स्मरण गर्दै…
केपी शर्मा ओली चाैंथाे पटक नेपालकाे प्रधानमन्त्रीमा नियुक्त भाेली ११ बजे शपथ हुने
आर्थिक परिवेश३० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा(२)बमोजिम आइतवार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपराह्न ५:०० बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाैथाे पटक प्रधानमन्त्रीकाे नेतृत्व सम्हाल्नु हुँदै
आर्थिक परिवेश२९ असार, काठमाडौँ । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । नेपाली कांग्रेस र नेकपा एमालेबिच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिनु भएको छ ।…
नारायणी नदीमा बससँगै हराएका ५१ जनाकाे खाेजी कार्यजारी
आर्थिक परिवेश२८ असार , चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट नारायणाी नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका…