नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा
आर्थिक परिवेश

२९ माघ,काठमाडौ ।    नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा परेको छ । गत बर्ष नेपालकाे अवस्था अघिल्लाे बर्षकाे तुलनामा १ अ‌कले सुधार भएकाे  छ । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका अनुसार नेपालले १०० अङ्कमा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अङ्क प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान…

पूँजीगत खर्चकाे प्रवृत्तिमा उल्लेख्य सुधार भएकाे छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

२७ माघ, काठमाण्डौं ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ आइतवार राष्ट्रियसभाको बैठकमा पेश गर्नु भएको छ । बैठक समक्ष बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पोडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताउनु भयो । अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्दै अर्थ मन्त्री पोडेलले भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप लेखाङ्कन…

६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक
आर्थिक परिवेश

२६ माघ, काठमाण्डौ ।    चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक भएको देखिएको छ ।  स‌‌घीय सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ । प्रदेश सरकारहरुले चालु आवका लागि कूल २ खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका थिए  । प्रदेश सरकारहरुले गत पुस मसान्तसम्ममा ४५ अर्ब नौ करोड ३८ लाख बराबर मात्रै खर्च गरेका छन् । यसले मुलुककाे समग खर्चकाे अवट्ठथा र पूँजीगत खर्चकाे लक्ष्य भेटाउन सघीय सरकार सामु थप चुनाैती खडा गरेकाे  छ । यता स‍घीय  सरकारकाे  ६ महिनाकाे खर्चकाे अवस्था  पनि…

बजेटकाे आय व्ययको अनुमान सरकारले घटायाे
आर्थिक परिवेश

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा बजेट समीक्षा प्रस्तुत गर्नुहुँदै बजेटको आकार घटाउनु भएको हो । चालु आर्थिक वर्षमा  १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत  १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान छ । यो रकम सुरु विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो । चालुतर्फ  १० खर्ब २९ अर्ब ३० करोड अर्थात् विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ  दुई खर्ब ९९ अर्ब ५० करोड ९ लाख अर्थात् विनियोजनको ८५ प्रतिशत…

सीमा क्षेत्रमा हुने अवैध निकासी पैठारी नियन्त्रणमा विशेष ध्यान दिन अर्थ मन्त्रीको निर्देशन
आर्थिक परिवेश

२३ माघ,काठमाण्डौ ।   केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । अर्थ मन्त्रालयमा बुधवार सम्पन्न बैठकमा सहभागिहरुले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिनु भएको हो बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरका साथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी–पैठारी नियन्त्रणमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले सबै निकाय जिम्मेवारपूर्ण ढङ्गबाट सकृय हुँदा अवैध कारोबारको नियन्त्रणमा उल्लेखनीय उपलब्धी प्राप्त गर्न सकिने बताउनुभयो । बैठकमा अर्थसचिव डा.रामप्रसाद घिमिरेले आयात–निर्यात हुने वस्तुको अवस्था, वर्गीकरण…