इन्धनको मूल्य अब छिट्टै घट्ने छ : अर्थमन्त्री
आर्थिक परिवेश१४ असार, काठमाण्डाै । डा स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब छिट्टै घट्ने बताउनु भएकाे छ। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरुको मूल्य पनि घटने बताउनु भएकाे हाे । अर्थमन्त्री वाग्लेले अन्तराष्ट्रिय बजारमा उक्त बस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे। केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घट्नेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाई थियो। उनले भने,‘मध्यपूर्वमा जुन समस्या देखियो। यसका कारण यो…
११ महिनामा सरकारकाे विकास खर्च ३४.८७ प्रतिशत मात्र
आर्थिक परिवेश१३ असार,काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी हुँदासम्म सरकारले लक्ष्यको ७५.१७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड राजश्व सङ्कलन गर्नका लागि दैनिक करिब १९ अर्ब ३४ करोड बराबर सङ्कलन गर्नुपर्ने हुन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्वतर्फ लक्ष्यको ७६.२० प्रतिशत १० खर्ब १० अर्ब १६ करोड तीन लाख सङ्कलन भएको छ ।…
रास्वपाको शासकीय स्वरूप र आर्थिक मोडेलको प्रस्ताव : पालिका संख्या घटाउने र प्रदेशसभा खारेजीसम्म
आर्थिक परिवेश१० असार भरतपुर,चितवन । रास्वपाकाे महाधिवेशनमा नेपालको शासकीय स्वरूप र आर्थिक मोडेलमा व्यापक रूपान्तरणको प्रस्तावसहितको खाका प्रस्तुत गरिएको छ । चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अर्थमन्त्रीसमेत रहेका उपसभापति डा. स्वर्णिम वाग्लेले पेश गर्नु भएकाे अर्थ-राजनीतिक प्रस्तावनामा ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’ र ‘बहुदलीय लोकतान्त्रिक गणतन्त्र’ लाई आफ्नो मूल वैचारिक आधार मानिएको छ । वाग्लेको प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संसद् बाहिरबाट मन्त्री बन्ने प्रणाली र दलविहीन स्थानीय तहको अवधारणा अघि सारिएको छ । यस्तै, खर्चिलो प्रशासनिक संरचनालाई घटाउन प्रदेश सभाको खारेजी र ७५३ स्थानीय तहको संख्यामा एक तिहाइ कटौती गर्ने प्रस्ताव पनि पेश भएको छ । संविधानको धारा २७४ र…
आर्थिक गणना अन्तर्गत तथ्यांक संकलन सम्पन्न १३ लाख ५१ हजारले फारम भरे
आर्थिक परिवेश८ असार, काठमाडौं । दोस्रो आर्थिक गणना अन्तर्गत देशव्यापीरूपमा तथ्यांक संकलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ७ असारसम्म कुल १३ लाख ५१ हजार १६७ प्रतिष्ठानले फारम भरेका छन् । यस वर्ष ‘ईसेन्सस’बाट कुल ८ हजार ३८८ प्रतिष्ठानले टोकन लिएका थिए । तीमध्ये ६ हजार ६७० प्रतिष्ठानले पूर्ण फारम भरेको कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिनु भयाे । त्यसै गरी अनलाइन वा कागजी प्रक्रियाबाट आंशिक विवरण भरेका र पूर्ण विवरण भर्न बाँकी प्रतिष्ठान, गणनामा छुट भएका र छुटेको जानकारी गराएका प्रतिष्ठानले सम्बन्धित जिल्ला गणना कार्यालयमार्फत सहभागी हुन सक्नेछन् । जिल्ला आर्थिक…
पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल पक्राउ
आर्थिक परिवेश०८ असार, सुर्खेत । पूर्व र्अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले साेमवार दिउँसो सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आइपुग्नुभएका पौडेललाई पक्राउ गरेर हवाई वा स्थल मार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौँ लैजाने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ । उहाँलाई वीरेन्द्रनगरस्थित होटलमा भइरहेको कार्यक्रम स्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । सुरक्षा स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । यसअघि पौडेल ललिता निवास जग्गा प्रकरणमा समेत मुछिनुभएको थियो ।