अर्थ मन्त्रालयबाट सचिवहरूकाे स्वागत र बिदाई
आर्थिक परिवेश१० बैशाख, काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्व सचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो । मन्त्रिपरिषदको सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मरासिनी यसअघि पनि अर्थ सचिव हुनुहुन्थ्यो । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । यस्तै उहाँले कर्मचारीलाई उच्च मनोबलका साथ काम…
राष्ट्रसंघीय सहायक महासचिवसहित यूएनडीपीका ३५ देशका प्रतिनिधि नेपाल आउँदै
आर्थिक परिवेश१० वैशाख,काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाण्डौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिनु भएकाे हाे । त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौँमा बस्नेछ । यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलो पटक हो । यसअघि उक्त बैठक थाइल्याण्डको राजधानी बैंककमा बस्ने गरेको थियो । बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि…
अर्थमन्त्री स्वदेश फिर्ता, लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह
आर्थिक परिवेश८ वैशाख,काठमाडौं । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर शनिवार स्वदेश फर्किनु भएकाे छ। अमेरिकी भ्रमणकाे क्रममा अर्थमन्त्री पुनले विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागीता जनाउनु भएकाे थियाे । भ्रमणकाे क्रममा अर्थमन्त्री पुनले पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय…
नेपाली चिया निकासीमा भारतीय अवराेध
आर्थिक परिवेश०८ बैशाख, झापा। भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपाली चिया भारत लगेर दार्जलिड. तथा असाम चियाकाे नामबाट ठूलाे मात्रामा नेपाली चिया निकासी गर्दै आएका भारतीय व्यवसायीहरूले समय समयमा वा प्रतेक बर्ष यस्तै निहुँ निकालेर नेपाली चियामा अवराेध गर्दै आएका छन । नेपालमै चिया प्नशाेधन गरी ब्राण्डीड. गरेर चिया नबेची भारतीय व्यापारिमा निर्भर हुँदा भारतीय पक्षबाट बर्षेनी जस्ताे यस प्रकारकाे समस्या नेपालका चिया उद्यमीहरुले भाेग्दै आएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका…
१ हजार ६३ मेगावाटकाे माथिल्लो अरुण जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनकाे सैद्धान्तिक सहमति
आर्थिक परिवेश०७ बैशाख, काठमाडौं। सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैङ्क उच्च नेतृत्वबीच वासिङ्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पुन र विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैङ्कको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुण परियोजनामा वित्तीय व्यवस्थापनका लागि विश्व बैङ्कले नेतृत्व गर्ने गरी सैद्धान्तिक निष्कर्षमा पुगिएको मन्त्री पुनको…