औद्योगिक क्रान्तिका लागि व्यवसायिक  शिक्षाकाे आवश्यकतामा विज्ञहरूकाे जाेड
आर्थिक परिवेश

४ वैशाख, काठमाडौँ ।   राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्ति बारेकाे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने वारेमा  नै थाहा नभएकाले नेपाल  विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताउनु भयाे । उहाँले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै व्यवसायिक  शिक्षाकाे आवश्यकता रहेकाेमा समेत जोड दिनुभयाे  । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज…

नागढुंगा सुरुङमार्ग दुवैतर्फबाट छिचोलियाे संचालनमा समय लाग्ने
आर्थिक परिवेश

०३ बैशाख, काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार नागढुंगा सुरुङमार्गमा पुगेर ‘स्वीच अन’ गरेसँगै धादिङ र काठमाडौं दुवैतर्फबाट सुरुङ छिचोलिएको छ। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङ निर्माण सुरु भएकाे ५३ महिनापछि प्रधानमन्त्रीकाे उपस्थितिमा छिचोलिएको  ‘ब्रेकथ्रु’ गरिएको हो। सुरुङ ब्रेकथ्रु भएपनि सञ्चालनमा आउन भने अझै झन्डै एकवर्ष कुर्नुपर्ने हुन्छ। याे सँगै नेपालकाे पहिलाे यातायात सुरुङ मार्गबाट एक वर्षपछि काठमाडौं भित्रन र बाहिरिन सहज हुनेछ। सुरुङमार्गकाे लम्बाइ २ हजार ६ सय ८८ मिटर छ। सोमबार दुई मिटर खनेपछि वारपार छिचोलिएको हो। आयोजनाको उद्धार (रेस्क्यु) सुरूङ गत साउनमै छिचोलिसकिएको थियो। आयोजना निर्माण पूरै सकिएपछि मात्रै सवारी…

लगानी सम्मेलनकाे कार्यतालिका सार्वजनिक साे केशमा करिव एक सय ५० याेजनाहरू रहने
आर्थिक परिवेश

०३ बैशाख , काठमाडौँ ।  लगानी बाेर्डले यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर…

खर्चमा तीव्रता दिदैं सरकार, खर्च नभएको आयोजनाबाट रकमान्तर गरिंदै
आर्थिक परिवेश

२ वैशाख,काठमाडौँ ।    अर्थमन्त्रि  वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चलाइ तीव्रता  दिनु भएको छ । नयाँ मन्त्रीको आगमन पछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ । बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने कामलाई रकमान्तर भनिन्छ । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट…

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छः अर्थमन्त्री
आर्थिक परिवेश

२६ चैत, काठमाडाैं ।   अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भएकाे छ । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उहाँले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताउनु भयाे  । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो । मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिनु भयाे । नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरुबीच मतैक्य…