१२ सय मेघावाटका २ आयोजना अध्ययन गर्न भारतीय कम्पनीलाई जिम्मा समझदारीमा लगानी बोर्ड र एनएचपीसी लिमिटेड इन्डियाद्धारा हस्ताक्षर
आर्थिक परिवेश

काठमाण्डौ । भारतीय जलविद्युत कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पाएको छ । बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रममा पश्चिम सेती परियोजना सर्वेक्षण अनुमती भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपाल र एनएचपीसी लिमिटेड भारतबीच लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउबा तथा लगानी बोर्डका उपाध्यक्ष अर्थमन्त्री जर्नादन शर्माको उपस्थितिमा सर्वेक्षण अनुमती सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । गत साउन २३ गते बसेको लगानी बोर्डको बैठकले समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको थियो । मझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत…

रेमिटेन्स बढे पनि शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा
आर्थिक परिवेश

काठमाण्डौ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा हुने विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३…

दोष अरुलाई देखाएर पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा छ सहकारी तथा गरिवी निवारण मन्त्री
आर्थिक परिवेश

  काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, वचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई वचत तथा ऋण कारोवारमा बढी केन्द्रित हुँदै गईरहेको उल्लेख गर्नु भयो । त्यसले गर्दा केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको अवस्था र…

क्रिप्टोकरेन्सीको कारोबार नगर्न नेपाल राष्ट्र बैंकको आग्रह
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारवाही गर्ने भन्दै यसको कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले यसअघि पनि ३ पटक सूचना जारी गर्दै यस्तो करेन्सीको कारोबार नगर्न सजग गराइसकेको छ । राष्ट्र बैंकले सोमबार फेरी अर्को सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकोले त्यस्ता कार्य गर्नेलाई कारवाही गर्ने जनाएको छ । क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएमा विदेशी मुद्रा विनिमय ऐन अनुसार कारवाही गर्ने केन्द्रिय बैंकले उल्लेख गरेको छ । किप्टोकरेन्सिको कारोबार, हाइपर फण्डमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगि तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदि सम्बन्धि…

सप्तकोसीको बाढीबाट बढी क्षति भएका क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा
आर्थिक परिवेश

  काठमाडौँ  । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड (अमेरिकी डलर १०० मिलियन) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख (जापानी येन दुई हजार २५६ मिलियन) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य…