दुई विशेष आर्थिक क्षेत्रहरु पूर्णरूपमा सञ्चालनको नजिक
आर्थिक परिवेश

काठमाण्डौ । सरकारले विशेष आर्थिक क्षेत्र संचालन गर्ने निर्णय गरेको लामो समय पछि देशका प्रमुख दुई विशेष आर्थिक क्षेत्रहरु भैरहवा र सिमरा पूर्णरूपमा सञ्चालनको नजिक पुगेका छन् । दुवै सेजमा उद्योगहरुका लागि छुट्याइएका सबै प्लटहरु उद्योगीहरुले लिइसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । निर्माणका लागि स्वीकृती पाएका उद्योगीहरुले अनुमती पाएको १ सय २० दिन भित्रमा सबै तयारी पुरा गरी २१ औ दिनबाट उद्योग निर्माण गर्न शुरु गर्नुपर्ने र त्यसको एक बर्ष भित्रमा उत्पादन नै गर्नेगरी अनुमती प्रदान गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिनु भयो । भैरहवा सेजमा ५२ विगाह क्षेत्रफलमो ६९ वटा प्लटमा…

किसानहरु आएनन १७ करोड मात्र राहत वितरण
आर्थिक परिवेश

कैलाली । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेर पीडित हुनुभएका कैलालीका किसानहरु जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारले उपलब्ध गराएको राहत पाए पछि खुशि हुनु भएको छ । गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरीले सरकारबाट तीन हजार ६ सय राहत रकम पाउँदा राहतको अनुभव भएको बताउनु भयो । जिल्लाको दक्षिणपूर्वी जानकी गाउँपालिकाका लेखापाल जनकराज जोशीले गाउँपालिकामा २५ लाखभन्दा बढी रकम राहतबापत् वितरण भइसकेको बताउनुभयो । उक्त पालिकामा पीडितलाई राहत वितरण गर्न रु एक करोड आठ लाख रकम निकासा भएको उहाँले उल्लेख गर्नु भयो । निकासा भएको रकममध्ये अझै ८४ लाख रुपैया वितरण गर्न बाँकी छ ।उक्त गाउँपालिकामा झण्डै चार हजार किसानको…

६३ तहले चालु आवको बजेट विवरण अझै पेश गरेनन
आर्थिक परिवेश

काठमाण्डौ । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण अझै पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार हालसम्म पनि बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३९ स्थानीय तह छन् । मधेश प्रदेशमा कूल १३६ वटा पालिका छन् । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगराएका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमती प्रदेशमा चार,…

सरकार र निजी क्षेत्रबीच रुपान्तरणका लागि साझेदारी
आर्थिक परिवेश

काठमाण्डौ । मुलुकको आर्थिक रूपान्तरणका लागि नेपाल सरकार र निजी क्षेत्र बीच साझेदारी हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ बीच आर्थिक रूपान्तरणका लागि सरकारी–निजी साझेदारी अभियान कार्यान्वयन गर्ने उद्देश्यले विहीबार काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । एफएनसीसीआईले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० को प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित उद्योग वाणिज्य क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु समेत समेटी संयुक्त रुपमा कार्यान्वयन गर्ने गरी साझेदारी अभियान कार्यान्वयन गरिने छ । आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, २२ लाख मानिसलाई औपचारिक निजी…

सरकारले १२ सय मेघावाटका दुई आयोजनाको अध्ययन गर्ने जिम्मा भारतीय कम्पनीलाई दियो
आर्थिक परिवेश

काठमाडौँ । लगानी बोर्डको ५२ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसि लिमिटेड भारत सँग गरिने समझदारीपत्रलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न बोर्ड बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रोपावर कम्पनी प्रालिलाई सर्बेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय पनि…