जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन : अर्थमन्त्री डा. महत
आर्थिक परिवेश

१६ असार, पोखरा ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन भन्नु भएकाे छ । आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षणकाे क्रममा कमर्मचारीहरूलाई  निर्देशन दिनुहुँदै अर्थमन्त्री डा . महतले जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन, त्यही हिसाबले काम गर्नुहोला भन्नुभयो । उहाँले  ‘जो करको दायराभित्र पर्छन् उनीहरुले भ्याट नलगाइदिए हुन्थ्यो भन्छन् ।’ ‘हरेक ट्रान्जेक्सनमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ, यसको फाइदा भनेको हरेक ट्रान्जेक्सनकाे हिसाब राख्नुपर्छ अर्थमन्त्री महतले  भन्नुभयो, ‘धेरैजसो करदाता यो भ्याट नलाग्दिए हुन्थ्यो भन्छन् । ’ ‘आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुनेछ, अर्थतन्त्र चलायमान हुन थालेको छ । पर्यटन क्षेत्र पनि…

भ्रष्टाचारविरुद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

१६असार, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनुभएको छ । शनिवार  दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । “बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ“ प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक हामीले भिन्न ढंगले नै काम सुरु गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोशिस भएको छ, प्रधानमन्त्रीले उल्लेख गर्नु भयाे । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।“ भ्रष्टाचार देशको बिकराल समस्या हो…

राष्ट्रिय धान दिवस मनाइयाे एक लाख ३० हजार हेक्टर जमिन बाँझो
आर्थिक परिवेश

१५ असार, काठमाण्डौ ।  असार १५ गते मानो रोपेर मुरी फलाउने दिन तर समयमा बर्षा  नहुँदा देशका विभिन्न स्थानमा पानीकाे अभावमा धान राेपाइ हुन सकेकाे छैन  । यस दिन नेपालमा विभिन्न कार्यक्रम सहित धान रोपाई गरेर २० औं राष्ट्रिय धान दिवस भने मनाइएको छ । यसै अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग…

मत विभाजनबाट संघीय बजेट पारित : पक्षमा १४७, विपक्षमा १०८ मत
आर्थिक परिवेश

१३ असार, काठमाडाैं  । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत जेठ १५ गते सार्वजनिक भएको विनियोजन विधेयक २०८० मत विभाजनमार्फत पारित भएको छ। बजेटमा समावेश ४ विधेयकमध्ये विनियोजन विधेयक प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट पारित भएको हो। बजेट पारित गर्नका लागि संसदमा पहिलो पटक मतदान भएको हो। मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो। नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयकमा मत विभाजन हुँदा बहुमतले पारित भएको हो। बजेटमा ४ वर्ष विधेयक हुन्छन्। जसमा विनियोजन विधयेक, आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतबाट…

मुलुककाे आर्थिक अवस्था सुधारको बाटोमा आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री
आर्थिक परिवेश

१३ असार, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा गएको र आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अगाडि बढेको दाबी गर्नु भएको छ । विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा पर्यटक सङ्ख्या दोब्बर बढेको, बैङ्कको ब्याजदर घटेको राजस्व चुहावटलाई नियन्त्रण गरेपछि राजश्व परिचालनमा वृद्धि भएको उहाँले बताउनुभयो । आफु प्रधानमन्त्री बन्दै गर्दा देशमा आर्थिक संकट भएको उल्लेख गर्दै आम मानिसले श्रीलङ्कासँग तुलना गरेको भए पनि अहिले अर्थतन्त्र जागेको र यो राष्ट्रको उपलब्धी भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले अहिले सबै आर्थिक सूचकहरू सकारात्मक दिशातिर अगाडि बढिरहेको भन्नुहुँदै पछिल्लो ६ महिनायता…