चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश

२७ फागुन, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतको कार्यक्रमकै वरिपरि हुने गरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्य अनुसारको कार्यसम्पादन प्रगति सम्बन्धमा मासिक रूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ…

लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

२७ फागुन, काठमाडौ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थ मन्त्रालयमा भेटवार्ता गर्नुहुँदै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो । नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताउनुभयो । “अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो”, पुनले भन्नुभयो, “तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।” पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा…

नेपालकाे  विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढ्याे
आर्थिक परिवेश

२७ फागुन, काठमाडौं ।   चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाकाे अवधीमा नेपालकाे  विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेकाे मुलुककाे आर्थिक  समीक्षा प्रतिवेेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाइएको छ । गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५…

काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु
आर्थिक परिवेश

२४ फागुन,काठमाडौं ।  स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयाेग गर्ने गरी सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा बिहिवारबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा  स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो व्यापार मेलाकाे  नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । मेलामा घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन । एक्स्पोलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले…

अर्थतन्त्रमा आश जगाउने गरी काम गर्छु : नव नियुक्त अर्थमन्त्री
आर्थिक परिवेश

२३ फागुन, काठमाडाैं ।   नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताउनु भएकाे  छ। अर्थ मन्त्रालयमा पद बहाली पछि बाेल्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेकोले  आफनाे   ध्यान त्यसैमा  केन्द्रित गर्ने बताउनु भयाे  । ‘म पहिलोपटक आउँदा पनि अर्थतन्त्रमा  समस्या थियो  त्यसलाइ सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यसैमा रहन्छ,’ अर्थमन्त्रीले भन्नु भयाे  । बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उहाँको भनाइ थियो । ‘असल कामलाई निरन्तरता दिन्छु,  ‘ खर्च गर्ने क्षमता बढाउदैअर्थतन्त्रका कमजोरी सुधारमा लाग्छु ’ अर्थमन्त्रीले भन्नु भयाे । नवनियुक्त…