भारतको ओडिसा राज्यमा नेपाली विद्यार्थी पढ्न पठाउन रोक्ने सरकारकाे चेतावनी
आर्थिक परिवेश

०६ फागुन, काठमाण्डौ ।   सरकारले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा नेपाली  विद्यार्थी पढ्न पठाउन रोक्ने चेतावनी  दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा विद्यार्थी पढ्न पठाउन रोक्ने चेतावनी दिएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओडिसास्थित केआईआईटी विश्वविद्यालय, उडिसामा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण पछि मन्त्रालयले भविष्यमा भारतका लागि एनओसी दिन रोक्ने चेतावनी दिएको हो। ‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने…

संघीयता र जैविक विविधता शीर्षकमा अमेरिकाले नेपालमा पठाउने अनुदान कटाैती
आर्थिक परिवेश

४ फागुन, काठमाडौं ।  अमेरिकी  राष्ट्रपती  डोनाल्ड ट्रम्पले  गठन गरेकाे   खर्बपति एलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी’ (डीओजीई) ले नेपालमा रोकेको छ । संघीयता शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ) र नेपालमा जैविक विविधता संरक्षण अन्तरगत दिन लागिएको १९ मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ) बराबरको सहयोग रोकेको हो । डीओजीईले सामाजिक सञ्जाल एक्सको आधिकारिक ह्याण्डलमा विभिन्न मुलुकहरुमा अघिल्लो प्रशासनले अनुदान स्वरुप दिन लागेको रकमहरुको सूची सार्वजनिक गर्दै तिनलाई रोकिएको भनेको छ । त्यो सूचीमा नेपालमा पनि दुई शीर्षकमा गर्न…

 सिंगापुरका लगानीकर्ताहरू नेपालका ठूला पूवार्धारहरूमा लगानी गर्न इच्छुक
आर्थिक परिवेश

३ फागुन, काठमाडौँ ।   सिंगापुरका लागानीकर्ताहरूले नेपालका ठूला पूवार्धारहरूमा लगानीका लागि चासाे देखाएका छन्। नेपाल   भ्रमणामा रहेकाे सिंगापुरका लागानीकर्ताहरूकाे  टाेलीले शुक्रवार प्नधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा छलफल गर्दै त्यसताे चासाे देखाएकाे हाे । लगानी सम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा प्नधानमन्त्री ओलीसँग छलफल गरेको हाे  । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनकाे टाेलीले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरूङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा प्रकट…

अष्ट्रेलियाका गर्भनर समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
आर्थिक परिवेश

२३ माघ, काठमाण्डौ ।   अष्ट्रेलिया तथा कमनवेल्थका लागि नव नियुक्त नेपाली राजदुत चित्रलेखा यादवले अष्ट्रेलियाका गर्भनर समक्ष आफनो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको छ । नव नियुक्त नेपाली राजदूत चित्रलेखा यादवले मंगलवार अष्ट्रेलियाकी गर्भनर साम मोस्टिन एसी समक्ष क्यानबेरास्थित सरकारी भवनमा आयोजना गरिएको समारोहमा ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नु भएको हो ।  समारोहमा श्रीमती यादवsf] सम्मान  सम्मान गारद प्रदान गरिएको थियो । आहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपाली राजदूत श्रीमती यादवले अष्ट्रेलियाका माहमहिम गभर्नर जनरलसँग शिष्टाचार भेट समेत गर्नु भयो । त्यस अवसरमा महामहिम राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनु भएको हार्दिक बधाई एवं शुभकामना सन्देश प्रस्तुत गर्नु हुँदै नेपाल…

बङ्गलादेशका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
आर्थिक परिवेश

 १७ माघ,  काठमाडौँ ।    नेपालले बङ्गलादेशका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेकाे छ । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताउनु भयाे । राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार…