देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु नेपाली मूलका भारतीयहरूकाे नेपाली उत्पादनमा चासाे
आर्थिक परिवेश०८ चैत्र, देहरादुन, उत्तराखण्ड, भारत । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भारत-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला एवं पर्यटन महोत्सव-२०२५ उत्तराखण्डको राजधानी देहरादुनमा सुरु भएको छ । मार्च २१ देखि २७ (चैत्र ८–१४) सम्म चल्ने यस मेलाले नेपाल-भारत व्यापार, पर्यटन, संस्कृति तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य सङ्घले समान रूपमा डेढ-डेढ करोड रुपैयाँको लगानीमा सञ्चालन गरेको यस मेलामा नेपाल र भारतका एक सयभन्दा बढी व्यापारिक तथा प्रवर्द्धनात्मक स्टलहरू राखिएका छन् । नेपाली हस्तकला, घरेलु तथा साना उद्योगका…
आइएमएफले करिब ५ अर्ब ८१ करोड निकासा दिने
आर्थिक परिवेश०२ चैत्र, काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई करिब पाँच अर्ब ८१ करोड (चार करोड १८ लाख अमेरिकी डलर बराबर निकासा गर्ने भएको छ । कोषले विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ)को पाँचौँ समीक्षा सम्पन्न गरी त्यसतो रकम उपलब्ध गराउने निर्णय गरेको हो । आइएमएफ कार्यकारी बोर्ड बैठकपछि शुक्रवार जारी प्रेस विज्ञप्तिअनुसार नेपालले राजनीतिक अस्थिरता तथा गत असोज महिनाको बाढीका कारण उत्पन्न अवरोधका बाबजुद पनि उल्लेखनीय प्रगति गरेको उल्लेख छ । त्यस्तै, नेपालले पुँजीगत खर्चमा वृद्धि, भूकम्प तथा बाढी पहिरोपछिको पुनः निर्माण, लचिलो र सहुलियतपूर्ण मौद्रिक नीति, जलविद्युत् उत्पादनमा भएको वृद्धिलगायत कारणले यस वर्ष नेपालको आर्थिक वृद्धिलाई थप टेवा…
जापानी लगानीकतार्हरूले अर्थमन्त्री सँग गरे छलफल
आर्थिक परिवेश१५ फागुन, काठमाडौँ । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गर्नुभएकाे छ । भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरूको लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न…
नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परयाे
आर्थिक परिवेश१० फागुन, काठमाडौं । नेपाल दोस्रोपटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची (ग्रे) लिस्टमा राखेको हाे । दुई वर्षअघि एफएटीएफको एसिया प्यासिफिक ग्रूप (एपीजी) को पारस्परिक मूल्यांकन प्रतिवेदन (एमईआर) ले दिएका सुझाव कार्यान्वयनमा अपेक्षित प्रगति नभएपछि नेपाल ग्रे लिस्टमा परेको छ । एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक लिस्ट तथा ग्रे लिस्टमा राख्दै…
भूपु गोर्खाहरूको विषयमा अब दुई सार्वभौम देश बीचको सहमतिमा नयाँ सन्धि हुनु पर्छ : प्रधानमन्त्री ओली
आर्थिक परिवेश९ फागुन काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती सेनाबाट पेन्सनरत भूपुगोर्खाहरूको समान पेन्सन, अधिकार र अन्य सुविधाको लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँग बिहीबार राति कुराकानी गर्दै प्रधानमन्त्री ओलीले बेलायती सेनाबाट पेन्सनरत भूपुगोर्खाहरूको समान पेन्सन, अधिकार र अन्य सुविधाको लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “गोर्खा भर्तीसम्बन्धी नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धिको सान्दर्भिकता तत् समय अनुकुल थियो तर अब…