स्पेनी राजाको नेपाल भ्रमणको चाहना
आर्थिक परिवेश

काठमाण्डौ । नेपालसंग पुरानो सम्बन्ध भएको युरोपेली मुलक स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गर्नु भएको छ । नेपाली राजदूतका रुपमा नियुक्त डा. शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यस अघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताउनु भएको हो । भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गर्नु भएको स्पेनस्थित नेपाली दुतावासले जनाएको छ । तयस अवसरमा राजदूत ढकालले नेपालमा…

डलरको मूल्य वृद्धि सहित अन्य कारणले नेपालको मुल्यवृद्धि डबल डिजिट नजिक
आर्थिक परिवेश

काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा नेपालको मूल्यवृद्धि दर दोब्बरभन्दा माथि पुगेको छ । गत बर्षको भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपालीको भदौसम्म आइपुग्दा बढेर ८.६४ प्रतिशत पुगेको हो । राष्ट्र बैंकले शुक्रबार भदौको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैर–खाद्य क्षेत्रको भाउ ९.०२ प्रतिशतले बढेको जनाएको छ । हरेक क्षेत्रको भाउ बढेको राष्ट्र बैंकको भनाइ छ । फलफूल, घ्युतेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पदार्थदेखि तरकारीसम्मको भाउ बढेको प्रतिवेदनले औल्याएको छ । स्वास्थ्य सेवादेखि फर्निसिङ, घरायसी उपकरण, शिक्षा लगायतको भाउ बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पत्याउने हो भने हिमालपछि काठमाडौंको मूल्यवृद्धि…

सीमाबाट हुने तस्करी नियन्त्रण गर्न व्यवसायीहरुको आग्रह, सीमापारी किनमेलमा जानेलाई रोक्न नसकिन्न सिडिओ
आर्थिक परिवेश

बेलहिया,रुपन्देही । खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दासमेत स्थानीय प्रशासनले नियन्त्रणका लागि पहल नगरेको भन्दै रुपन्देहीको सीमा क्षेत्रका व्यवसायीले स्थानीय प्रशासनको आलोचना गरेका छन् । उद्योग व्यापार सङ्गठन, रूपन्देहीको १५औँ वार्षिक साधारणसभामा कार्यक्रमका नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।” कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भइरहदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताउनुभयो । गौचनले सीमापारी सुनौलीमा चाडपर्वका बेला करोडौँको व्यापार हुँदा सीमावारी नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायीको…

नेपालमा विदेशी लगानीको न्यूनतम सिमा घट्यो विदेशी लगानी बढाउन मद्दत गर्ने
आर्थिक परिवेश

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सिमामा पुनरावलोकन गरी नयाँ तोकेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विदेशी लगानीको सिमा तोक्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सिमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरिएको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४ खर्ब १९ अर्ब नाघेको छ। तर यथार्थमा लगानी ल्याएर काम गर्नेहरु निकै कम छन्। चालु आर्थिक वर्षको गत भदौसम्म उक्त रकम बराबरको प्रतिबद्धता आएको हो। उद्योग विभागको तथ्यांक…

त्रिवि अर्थशास्त्र विभागद्वारा अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना, हरेक वर्ष आयोजना हुने
आर्थिक परिवेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो । पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको थियो । यी प्यानल छलफल र समानान्तर सत्रमार्फत् नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले बताउनुभयो । विश्वविद्यालयको अर्थशास्त्र विभागले यस स्तरको सम्मेलन आयोजना गरेको नेपालमै पहिलोपल्ट हो ।…