३०६ मेगावाटकाे माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना बन्ने
आर्थिक परिवेश

काँक्रेविहार (सुर्खेत)।    मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता…

स्टार्टअफ व्यवसायलाई सहुलियतपूर्ण कर्जाका लागि ८१ कराेड बजेट
आर्थिक परिवेश

१३ असार, काठमाडौं ।    सरकारले स्टार्टअफ व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ८१ करोड बजेट विनियोजन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार सो कार्यक्रमका लागि कुल ८० करोड ८५ लाख रुपैयाँ बजेट राखिएको छ । सरकारले स्टार्टअप व्यवसायीलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत छनोट गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा यस कार्यक्रमलाई बजेट वृद्धि गरेको देखिएको छ । चालु आवमा ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन सरकारले ७३ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामी आवमा सरकारले उद्यमशीलता स्टार्टअप प्रवद्र्धन…

कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य
आर्थिक परिवेश

३० जेठ, काठमाडौं ।   सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ । निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ । निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ । विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। वार्षिक कार्यक्रमअनुसार ६६ केभी प्रसारण लाइन सात हजार ४८ सर्किट…

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सरकारकाे अग्रसरता
आर्थिक परिवेश

२६ जेठ,काठमाडौँ ।    स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ । मन्त्रिपरिषद्को म‌गलवारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडीसी)का उत्पादनको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाउनुभएको हो । बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डिडीसीका उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले डिडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच आपसी समन्वय आवश्यक रहेको…

डेडिकेटेड फिडर र ट्रंक लाइनसहित सबै क्षेत्रको बक्यौता असुली गर्न मन्त्री श्रेष्ठकाे निर्देशन
आर्थिक परिवेश

 २५ जेठ काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौता उठाउन निर्देशन दिएको छ । नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको हाे  । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा विद्युत् महसुल बक्यौता ठूलो मात्राको ५० अर्ब एक करोड रुपैया  रहेको उल्लेख छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठ प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ । प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका…