
कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा
आर्थिक परिवेश१२ चैत्र, हेटौँडा । हिँउदकाे विद्युत्काे माग धान्र मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खा याम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । ‘रनअफ रिभर’ मा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका…

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लाई पदमुक्त गर्याे
आर्थिक परिवेश११ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.लाइ पदमुक्त गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल २४ साउन २०८२ मा सकिँदै थियो । घिसिङलाई बर्खास्त गरेपछि मन्त्रिपरिषद्ले प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाइ कायर्गकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हाे । यसअघि २५ साउन २०७८ मा तत्कालीन कार्यकारी निर्देशक शाक्यहटाएर कुलमानलाई सो पदमा दोस्रोपटक नियुक्त गरिएको थियो । सरकारसँगको लामो द्वन्द्वपछि मन्त्रिपरिषद्को १२ फागुनमा उनलाई पदबाट किन नहटाउने भन्दै सफाइ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो । खासगरी डेडिकेटेड र ट्रंकलाइन…

१४ घण्टा लोडसेडिङ गर्दा बजारमा महंगी बढेको उद्योगीहरुले दाबी
आर्थिक परिवेश१० चैत्र, काठमाडौ । उद्योगमा १४ घण्टा लोडसेडिङ गर्दा बजारमा महंगी बढेको उद्योगीहरुले दाबी गर्नु भएको छ । नेपाल सिमेन्ट उद्योग संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतवार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर महंगी बढेको बताएका हुन् । स्टिल्स उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले हाल उद्योगमा घोषित रुपमा १२ घण्टा र अघोषित रुपमा २ घण्टा गरी १४ घण्टा लोडसेडिङ भइरहेको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले हिउँदमा २४ घण्टामा १२ घण्टा उद्योग बन्द गर्न नसक्ने बताउनु भयो । पत्रकार सम्मेलनमा उद्योगीहरुले लोडसेडिड.का कारण प्रतिकिलो १७ रुपैयाँ ३३ पैसा लागत बढेको र लोडसेडिङबाट मात्रै…

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनकाे ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न
आर्थिक परिवेश०८ चैत्र, काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माणसम्पन्न भई गत असारदेखि सञ्चालनमा आइसकेको छ । ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जङ्गलसम्मको करिब ६०…

भारतीय विद्युतबाट न्यानाे अनुभूती गरिरहेकाे नेपालमा विद्युत् कटौती हुनासाथ लोडसेडिङ
आर्थिक परिवेश०८ चैत्र, बीरगंज । भारतबाट विद्युत् आयात गरेर न्यानाे अनुभूित गरिरहेकाे नेपालमा भारतबाट विद्युत् आयात कटौती भएपछि विभिन्न स्थानमा अघाेषित लोडसेडिङ शुरू भएकाे छ । अघाेषित लोडसेडिङ का कारण बीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरू सङ्कटमा परेका छन् । विद्युत् आपूर्ति अनिश्चित भएपछि निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू बढी प्रभावित भएका हुन् । निर्माण सामग्रीको माग बढ्ने समयमा विद्युत् कटौती तीव्र बनेपछि उद्योगको उत्पादन अवरुद्ध भएको उद्योगी व्यवसायीहरू बताउँछन् । विशेषगरी उच्च विद्युत् खपत गर्ने सिमेन्ट, डण्डी, पाइप, पेन्ट्स लगायतका उद्योगहरूलाई बढी असर परेको छ । बीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा करिब ३ दर्जन यस्ता उद्योग रहेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका…