निजी क्षेत्रको उत्साहजनक सहभागिता भए मात्र देशको आर्थिक विकास सम्भव हुन्छ : राष्ट्रपति
आर्थिक परिवेश०७ भदाैं, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उहाँले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताउनुभएको उल्लेख छ । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो । राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले…
विद्युत उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागि परेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश०५भदाै, भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताउनुभएको छ । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, `यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।´ उहाँले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, `हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।´ उहाँले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउनुहुँदै आशन्न चीन भ्रमणमा पनि विद्युत…
सरकारले बढाएकाे श्रमिककाे पारिश्रमिक दिन सकिदैन : परिसंघ
आर्थिक परिवेश०१ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले हाल बढाइएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको बताएकाे छ । परिसंघले शुक्रवार एक विज्ञप्ती प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको उल्लेख गरेकाे छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको ,उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेकाे,उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेकाे परिसंघले उल्लेख गरेकाे छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजारमा माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत…
विकासका कार्यमा राजनीति नगरौं : प्रधानमन्त्री
आर्थिक परिवेश०१ भदाै, काठमाडाैं । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको वताउनु भएको हो । शुक्रवार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त कुरा बताउनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताउनु भयाे । प्धानमन्त्री…
कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान मात्र १३.४५ प्रतिशत
आर्थिक परिवेश०१ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा मुलुककको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उद्योग क्षेत्रको योगदान १३.४५ प्रतिशत भएको देखाइएको छ । गत आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान भने ६२.४३ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षमा कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत,उद्योगक्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान राष्ट्र बैकले गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा मुलुकको आर्थिक वृद्धि उत्पादकको मूल्यका आधारमा १.८६ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक…