
चार लाख श्रमिक र रोजगारदाता सामाजिक सुरक्षा योजनामा समेटिए
आर्थिक परिवेशमाघ १९,काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । त्यसै गरी १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् । कोषले हालसम्म २९ अर्ब १२ करोड योगदान रकम सङ्कलन भएको छ । सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । कोषले २०७६ साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षाका लागि रकम सङ्कलन गर्न थालेको थियो । योगदान रकम सङ्कलन गरेको तीन महिनापछि कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत…

लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
आर्थिक परिवेशकाठमाडौं, ३० पुस २०७९ । नेपाल विद्युत प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ । काठमाडौं क्षेत्र नं २ की सांसद सोबिता गौतम, नगरपालिका प्रमुख रमेश नापित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षहरुको उपस्थितिमा आन्दोलनरत पक्षसँग शुक्रबार झण्डै पाँच घण्टा भएको वार्तामा विगत केही दिनदेखि भइरहेको आन्दोलन स्थगित गर्ने निर्णय भएको छ । वातावरणलाई सहजीकरण गर्न सबस्टेसन निर्माणस्थलमा स्थानीयहरुबाट भइरहेको अवरोध तत्काल स्थगित गर्ने र स्थानीय प्रशासनबाट शान्ति सुरक्षाका लागि परिचालन गरिएका प्रहरीलाई फिर्ता पठाउने निर्णय भएको हो । मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई…

अब सात वटै प्रदेशबाट श्रम स्वीकृति दिइने, आइतबारदेखि सेवा सुरु हुन्छ : श्रम सचिव
आर्थिक परिवेशकाठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ। यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनु भयाे । उहँका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघि देखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान…

नेपालमा पहिलो अन्तर्राष्ट्रिय जुत्ता–चप्पल प्रदर्शनी शुरु, स्वदेशी साधनको उपयोगमा राष्ट्रपतिको जोड
आर्थिक परिवेशकाठमाडौँ । स्वदेशी जुत्ता तथा चप्पलहरुको बजार प्रर्वद्धन गर्ने उद्देश्यले बिहिवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ । अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नु भएको छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल जुत्ता–चप्पल उत्पादक सङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनीको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले किसान र उद्योग व्यवसायीको मनोबल बढाउन सके मात्रै देशले आर्थिक विकास गर्न सक्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले देशमा उपलब्ध साधन–श्रोतको दिगो उपयोग गरी स्वदेशी उत्पादनमा जोड दिन सके चुलिँदो व्यापार घाटा कम…

पेट्रोलियम पदार्थ अन्वेषणको कार्यमा पूर्वाधार अभावले विलम्ब
आर्थिक परिवेशदैलेख । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको कार्यमा पूर्वाधार अभावले ढिलाइ भएको छ । सडक स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइ भएका कारण पेट्रोलियम पदार्थ अन्वेषण कार्यमा ढिलाइ भएको हो । कोरोना महामारीका कारण पेट्रोलियम पदार्थ अन्वेषण कार्य रोकिएको थियो । अन्वेषण सम्झौताको म्याद पुनः थप गरिएको भए पनि सडक पूर्वाधारको स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइ भएका कारण काम सुरु हुन नसकेको खानी तथा भूगर्भ विभागले जनाएको छ । कोरोना महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ अन्वेषण कार्यका लागि सम्झौताको म्याद थप गरिएको भए पनि अन्वेषणका लागि आवश्यक सामग्री ल्याउन सडक पूर्वाधार नभएका कारण ढिलाइ भएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्…