१३ साउनसम्ममा  ९२.४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न राेपाइँकाे क्षेत्र बढ्याे
आर्थिक परिवेश

१४ साउन,   काठमाडौँ ।  मुलुकमा १३ साउनसम्ममा  ९२.४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । देशभर धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २ सय २१ हेक्टरमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ १ लाख ७४ हजार ७६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७३ हजार ७ सय ९९ हेक्टर रोपाइँ भएको हो । यस्तै कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमध्ये ४० हजार ६ सय २३ अर्थात् ९६.९ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९१.९…

लगानी बाेर्डबाट गत बर्ष दुई खर्ब ७१ अर्बकाे लगानी स्वीकृत
आर्थिक परिवेश

१० साउन, काठमाडौँ ।   दुई खर्ब ७१ अर्ब लगानी स्वीकृत आर्थिक वर्ष २०८०/८१ मा नौ वटा परियोजनाका लागि दुई खर्ब ७१ अर्ब लगानी स्वीकृत गरेको छ । बिहिवार  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीसमक्ष आर्थिक वर्ष २०८०र८१ मा भएका कार्यसम्पादन करार बमोजिमको कार्यसम्पादन प्रतिवेदनमा सो रकम बराबरको लगानी स्वीकृत भएको उल्लेख छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम ८ बमोजिम गत आवका लागि बोर्डको रणनीतिक योजनाका चार वटा स्तम्भअन्तर्गत चयन गरिएका ६० वटा क्रियाकलापको समय सारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार गरिएको थियो । रणनीतिक योजनाका चार वटा…

चितवनका ७५ प्रतिशत कुखुरापालक किसान व्यवसायबाट विस्थापित
आर्थिक परिवेश

०२ साउन चितवन ।    अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसानहरु विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैंकमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उनले भने, ‘जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।’ अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उहाँको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत…

एक अर्बकाे लगानीमा चिस्यान केन्द्र निर्माण शुरू
आर्थिक परिवेश

२७ असार , चितवन ।   चितवनमा जिल्लामा  एक अर्ब रूपैयाकाे लगानीमा चिस्यान केन्द्र निर्माण शुरू भएकाे छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताउनुभयो । उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उहाँले जानकारी दिनुभयो । “कृषि उपज एक वर्षसम्म  शीतभण्डारमा राख्न सकिनेछ”, उद्यमी श्रेष्ठले भन्नुभयो । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकताअनुसार…

सरकारले ताेक्याे धानकाे न्यूनतम समर्थन मुल्य
आर्थिक परिवेश

२१ असार , काठमाडौं।   सरकारले  बर्षे तथा हिउँदे धानकाे न्यूनतम समर्थन मुल्य ताेकेकाे छ । बिहिबार बसेको  मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैँया ५१ पैसा र मध्यम धानको प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैँया ६२ न्यूनतम समर्थन मुल्य तोक्ने निर्णय गरेको छ । बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा, संरक्षण, लगाएत आवश्यक अन्य कार्यको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय…