युएनडिपिकाे सहयाेगमा नेपालमा दिगो पर्यटन परियोजना
आर्थिक परिवेश०९ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल (यूएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना’ (एसटीपी) नामक नयाँ परियोजना सुरु गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र यूएनडीपीको एसिया र प्रशान्त क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा जोशी र योकोसुकाले सम्झौतापत्र आदान–प्रदान गरे । स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्य सहित पर्यटन सेवा सुविधा सुधार, पर्यटन कार्यबललाई…
सिचुआन एयरलाइन्सले मंगलवारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक चार्टर उडान गर्ने
आर्थिक परिवेश०३ चैत्र, काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबार चैत्र ५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । “पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी गरेको…
विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढ्याे १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
आर्थिक परिवेश२६ फागुन, काठमाडौ । चालु आर्थिक बर्षको ७ महिना सम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले बढेर माघसम्म २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा माघ सकिँदा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति…
हिमालय एयरलाइन्सले चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्ने
आर्थिक परिवेश२० फागुन, काठमाण्डौ । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ । हिमालयले एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको जनाएको हो । हिमालय एयरलाइन्सले हाल काठमाडौँबाट ल्हासासम्म सातामा पाँच उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्ने गरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ल्हासा उडानका लागि हिमा लय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको र ल्हासा उडान…
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक परिवेश१६ फागुन, रुकुमपूर्व । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । गएराति देखि परेको हिमपातका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो । अहिले सडकमा बाक्लो हिउँ जमेको कारण यातायात सञ्चालनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख राम औंतार चौधरीले जानकारी दिनुभएको छ । ट्राफिक प्रहरी प्रमुख चौधरीका अनुसार बिहान हिउँ पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि हिउँ परिरहेकाले अहिले सवारीसाधन रोकिएका छन् । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन्