राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी बीच सम्झौतापत्रमा हस्ताक्षर
आर्थिक परिवेश

०५ भदाै,काठमाडौँ।   राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सबिना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गर्नुभयो । “वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ”, सम्झौतापत्रमा उल्लेख छ । विसं २०२२ माघ १० गते स्थापना…

सिद्धबाबा सुरुङमार्गको काम ६० प्रतिशत सकियाे
आर्थिक परिवेश

०४ भदाै, काठमाडाै । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निमार्ण भैरहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ। सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान)को काम धमाधम भइरहेको हो। यसबाहेकका काम पनि जारी छन्। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो। हालसम्म यहाँको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए। उनले अनुसार हाल मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ)को…

एमसिसि अन्तर्गत नेपालमा सञ्चालित परियोजनामा पुन: काम सुरु
आर्थिक परिवेश

३० साउन, काठमाडौं ।   अमेरिकी सहयोग नियोग (एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुन: काम सुरु भएको छ । एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै नेपालमा एमसीसीको सहयोग पुन: सक्रिय भएर काम अघि बढेको हो । ‘अमेरिकी सरकारबाट वैदेशिक सहायता समीक्षा सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धता साथ एमसीसीको नेपाल कम्प्याक्ट पुन: सक्रिय भएको छ,’ एमसीए नेपालले भनेको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली र नयाँ दमौली–बुटवल ४०० केभी प्रसारण लाइन निर्माण सम्झौता गरेको हो । एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ–दमौली–नयाँ बुटवल…

३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुट्याे
आर्थिक परिवेश

२३ साउन काठमाडाै‌ ।     बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। साहस ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको कूल ३४१ मेगावाट क्षमताको आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। अनुमानित रु ७० अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि रु ५२ अर्ब ५० करोड लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे। सम्झौताअनुसार एनआईएमबीले रु १० अर्ब, नबिल बैंकले रु आठ अर्ब, लक्ष्मी सनराइज बैंकले रु आठ अर्ब र…

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकी प्रदेशमा विस्तार
आर्थिक परिवेश

  १८ साउन    पोखरा ।   विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ । पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो । १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल न्यौपाने रहेका छन् । महासचिवमा इन्जिनियर चिरञ्जीवी गौतम चयन भएका छन् भने सचिवमा प्रशुन्न भण्डारी र राजकुमार सुनार  रहनु भएकाे छ । कोषाध्यक्षमा पोशराज पौडेल, सहकोषाध्यक्ष रुद्र रेग्मी, प्रवक्ता कृष्णप्रसाद आचार्य चयन हुनु भएकाे  छ । सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद…