चेम्बरले वार्षिक निर्यात क्षमता १० खर्व रुपैया बराबर पुरयाउने गरी योजना अघि सारयाे
आर्थिक परिवेश

०६ जेठ काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैया पुरयाउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नया कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसंगै विदेशी लगानी आर्कषित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिने चेम्बरले उल्लेख गरेको छ । रणनीतिक सुधार योजना, राजश्वमा नीतिगत सुधार, वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि चेम्बरले ४९ बुँदाको कार्यक्रम कार्ययोजना तय गरेको हो । ‘विश्व व्यापार संगठनको सदस्य बनेयता नेपालले निरन्तर…

मौद्रिक समीक्षाकाे प्रभाव : नेप्से परिसूचकमा उच्च अंककोे वृद्धि
आर्थिक परिवेश

०६ जेठ काठमाडौं ।    साताको कारोवारको पहिलो दिन आइतवार नेपाली शेयर बजारको परिसूचतक नेप्सेमा उच्च अंककोे वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो । आइतवार परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय २३ कम्पनीहरुका एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयरहरु पाँच अर्ब २५ करोड १० लाख २५ हजार मुल्यमा किनबेच भएका छन् । यस दिन सबैभन्दा धेरै…

नीति कार्यक्रम अनुसारकै बजेट आउछ : अर्थमन्त्री
आर्थिक परिवेश

०२ जेठ, काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताउनु भयो । मन्त्री पुनले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाउनु भयो । उहाँले ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको उल्लेख गर्दै नीति कार्यक्रम अनुसारकै बजेट आउने बताउनु भयो । राष्ट्रबैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै उहाले बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन…

सोह्रौँ  पञ्चबर्षीय योजना कार्यान्वयनका लागि करिब १ सय ११ खर्ब लागत लाग्ने
आर्थिक परिवेश

०२ जेठ, काठमाडाैं  ।    सोह्रौँ  पञ्चबर्षिय योजना कार्यान्वयनका लागि करिब १ सय ११ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको आगमी आर्थिक बर्ष साउन १ गते देखिलागु हुने सोह्रौ योजना कार्यान्वयन गर्न करिब १ सय ११ खर्ब लागत अनुमान गरिएको हो । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मङ्गलबार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको योजना र लागत अनुमानबारे जानकारी दिँदै कार्यान्वयनका लागि आवश्यक लगानीमा समस्या नहुने बताउनुभयो । त्यसैगरी आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौँ योजनाले लिएका लक्ष्य कार्यन्वयनका लागि आवश्यक एक सय ११ खर्बभन्दा बढि लागत लाग्ने र लागत सुनिश्चिताका लागि नीजि क्षेत्रको साझोदारी बढाइने…

राष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत
आर्थिक परिवेश

०१ जेठ, काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी कृषि र ऊर्जा क्षेत्रको विकासमा जोड दिइएको बताउनुभयो । यस्तै नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढाउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै सहजरुपमा उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउँदै सुशासन कायम  गर्ने कार्यलाई जोड दिइएको छ । बजेट प्रस्तुत हुनुभन्दा अघि संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको…