नेपालमा पहिलाे पटक विद्युतकाे चालु लाईनमा नै मर्मत कार्यको थालनी
आर्थिक परिवेश

  १४ असार,  काठमाडौँ ।   नेपाल विद्युत प्राधिकरणले चालु लाईनमानै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ ।  प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो । नेपाल विद्युत प्राधिकरण मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्को थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ । ‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आजबाट चालु अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरणकाे प्रयोग गरि मर्मत सम्भार कार्यकाे सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले भने, ‘विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले चालु लाईनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी…

गरिखाने वातावरण सिर्जना र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध
आर्थिक परिवेश

 ०३ असार,   काठमाडौँ ।    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा यहाँ आज आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषयसम्बन्धी छलफल र संवाद कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले उत्पादन र लगानीमार्फत प्राप्त हुने समृद्धिको मार्गमा सरकार अघि बढिरहेको बताउनुभयो । अर्थमन्त्री डा वाग्लेले सम्पत्ति शुद्धीकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्‍याउने व्यक्तिमाथि मात्र कारबाही गरिने बताउनुभयो । शेयर बजारमा…

सरकारले ओटिटी प्लेटफर्मलाई दर्ता तथा नियमनको दायरामा ल्यायाे
आर्थिक परिवेश

०२ असार,  काठमाडौँ ।     सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटिटी प्लेटफर्म’हरूले अनुमति लिनुपर्नेछ ।   यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका ‘डिजिटल स्ट्रिमिङ’ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन् । डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणालीभन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा…

अध्यक्षमा मोहन डाँगीसहित अन्य पदाधिकारी र सदस्य सर्वसम्मत चयन
आर्थिक परिवेश

३० जेठ, काठमाण्डाै ।   स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा मोहन डाँगीसहित अन्य पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न इप्पानको २४ औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । कोषाध्यक्षबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । इप्पानको विधानमा रहेको व्यवस्था बमोजिम अध्यक्ष पदमा मोहनकुमार डाँगी स्वतः चयन भएका छन । सो पदका अर्का आकांक्षी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिँदै लामालाई समर्थन गरेपछि सहमतिको बाटो खुलेको हो । उपाध्यक्ष पदमा पनि सहमति जुटेको छ । भरतबहादुर खत्री र भरतप्रसाद नेपालले आफ्नो दाबी छाडेपछि उत्तरकुमार…

सेफ सन्तोष साह पक्राउ बैंकिङ कसुर आरोप
आर्थिक परिवेश

३० जेठ, काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध बैंकिङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको हो। मुद्दाको विवरणअनुसार, गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीसम्बन्धी कारोबारमा साहमाथि रकम भुक्तानी नगरेको आरोप लागेको छ। उनले उक्त रेष्टुरेन्ट करिब १ करोड ३० लाखमा खरिद गरेको भए पनि सम्झौताअनुसारको सम्पूर्ण रकम नतिरेको दाबी गरिएको छ। रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अदालतले पक्राउ अनुमति जारी गरेको हो। त्यसपछि अनुसन्धान अघि बढाउँदै…