निर्वाचनका लागि १७ अर्ब ५१ करोड बजेट सुनिश्चित
आर्थिक परिवेश

२० पुष, काठमाण्डौ ।     सरकारले आगामी निर्वाचन प्रयोजनका लागि १७ अर्ब ५१ करोड बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भनि सम्बन्धीत निकायहरुले माग गरेको आधारमा सरकारले १७ अर्ब ५१ करोड बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको हो । अर्थ मन्त्रालयले आगामी निर्वाचनको प्रयोजनका लागि गुह मन्त्रालयलाई १० अर्ब ३९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड बजेटको स्रोत सुनिश्चित गरेको जनाएको छ । अर्थमन्त्रालयका प्रवक्ता एवं सहसचिव टंकप्रसाद पाण्डेले अहिलेलाई निर्वाचन आयोग र गृहमन्त्रालयको प्रस्ताव अनुसार खर्च गर्न पाउने गरी बजेटको स्रोत सुनिश्चित भएको र निर्वाचन…

विराट ट्रेड एक्स्पो करिब ५० करोडको कारोबार गर्दै सम्पन्न
आर्थिक परिवेश

  १९ पुष,  मोरङ ।  माेरड.काे विराटनगरमा जारी  विराट ट्रेड एक्स्पो करिब ५० करोडको कारोबार गर्दै सम्पन्न भएकाे छ । विराट ट्रेड एक्स्पो’को  शनिवार साँझ समापन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महोत्सवले नवीन उत्साह सञ्चार गरिरहेको बताउनुभयाे  । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरद्वारा आयोजित ‘विराट ट्रेड एक्स्पो’को समापन गर्दै उहाँले यस प्रकारको एक्स्पोले नवीनतम् प्रविधि र व्यावसायिक सञ्जाल निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अत्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशीलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमी गरेको योगदानले मुलुकमा औद्योगिक क्रान्ति ल्याएको धारणा राख्नुभयो ।…

कमला नदीमा पुलनिर्माणको बाँकी काम सुचारु
आर्थिक परिवेश

१२ पुष, काठमाण्डौ ।   ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा पुलनिर्माणको बाँकी काम सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हालै निर्माण स्थलको अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिनुभए पछि निर्माणको काम अघि बढेको हो । पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्ठकर यात्रा गर्नु पर्ने बाध्यता छ । भासिएको जगलाई दह्रो बनाएर स्लाव…

पाँच महिनामा ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता
आर्थिक परिवेश

२ पुस, काठमाडौं ।    चालू आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। साउनदेखि मंसिरसम्म ४ सय ३८ वटा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये स्वचालित प्रणालीमार्फत १५२ वटा र विभागमै उपस्थित भएर २८६ वटा प्रतिबद्धता आएको छ। विभागका अनुसार स्वचालित प्रणालीबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजारबराबर र विभागमै स्वीकृत गराएर ३६ अर्ब ६१ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो। प्रतिबद्धताबमोजिम लगानी भित्रिए ३३ हजार ८ सय १४ रोजगारी सिर्जना हुनेछ। मंसिरमा…

नेपाल उद्योग परिसंघकाे सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान
आर्थिक परिवेश

०१ पुष काठमान्डौं ।   नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरुलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा बस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रा.लि., विशेष उद्योगहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सोल्टी…