विमान खरिद अनियमिततामा सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय
आर्थिक परिवेश

  २१ मंसिर  काठमाडौँ।   विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो  एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने  १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष…

नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक छ : प्रधानमन्त्री ओली
आर्थिक परिवेश

१९ मंसिर, बेइजिङ ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी) को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले चिनियाँ लगानीकर्तालाई प्राकृतिक रुपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो…

क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग शनिवारबाट शुरु
आर्थिक परिवेश

१५ मंसिर, किर्तीपुर काठमाडौ ।   नेपालमा पहिलो पटक आजबाट शरु भएको छ क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीहरु संलग्न विभिन्न ८ टोलीका ३२ खेलहरु हुँदैछन । त्रिभुवन विश्वविश्द्यालय परिसरमा रहेको खेल मैदानमा प्रतियोगिताको आयोजना भएको हो । शनिवारको उदघाटन खेलमा जनकपुर बोल्ट तथा विराटनगर किड.गस बीच प्रतिस्पर्धा भएको छ । आजको खेलमा दर्शकहरुको अत्याधिक भिडका कारण कतिपय टिकट काटेका दर्शकले पनि खेल हेर्न नपाए पछि आयोजक क्रिकेट संघ नेपालले टिकटको रकम फिर्ता गर्ने सूचना मार्फत जनाएको छ । पहिलो खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार…

अपाङ्गगताको तथ्याडंक संकलन गरी सहायक सामग्री वितरण गरिनेछ : नगरप्रमुख अधिकारी
आर्थिक परिवेश

१५ मंसिर टोखा,काठमाण्डौ ।   टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिका भित्रका सबै अपाङ्गगता भएका नागरिकहरुको तथ्याडंक संकलन गरी उनीहरुलाई सहायक सामग्री वितरण गरिने बताउनुभएको छ । ३३ औं विश्व अपाङ्गगता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालले अविलिज फाउण्डेशन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पैरवी, शिप तथा मुल्याडंकन सम्बन्धी क्षमता विकास तालिम कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले स्वीकृती दिएर बनाउने जुन सुकै भवनका संरचनाहरु अपाङ्गता मैत्री हुने गरी निर्माण गर्नु पर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले नगरभित्रका ६० बर्ष भन्दा बढि उमेर भएका नागकिहरुका लागि संचालन गरेको स्वास्थ्य परीक्षण कार्यक्रमबाट धेरै नागरिक लाभान्वित भएको समेत उल्लेख गर्नु भयो…

बागलुङ र पर्वत  जिल्लामा मध्यपहाडी लोकमार्ग अन्तर्गत  एकै पटक पाँच वटा पुल निर्माण शुरू
आर्थिक परिवेश

ढोरपाटन (बागलुङ) I मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वत  जिल्लामा   एकै पटक पाँच वटा पुल निर्माण कार्य सुरु भएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चार वटा पुल निर्माण थालिएको हो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छभने मोदीखोलामा दुई वटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ । पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सव–इन्जिनियर अस्मिता भट्टराइले जानकारी दिनुभयो । काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उहाँको भनाइ छ । उहाँका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र…