इन्धनकाे मुल्य घट्याे पेट्रोलमा प्रतिलिटर २ रूपैया तल
आर्थिक परिवेश

१६ भदाै,काठमाडौँ ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर  दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रूपैया घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०।५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु…

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन पोखरेल
आर्थिक परिवेश

११ भदौ, काठमाडौ ।   नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नया“कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, बस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । महासचिबमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन हुनुभएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । लुम्विनी प्रदेश चेम्बरको सदस्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन…

साउनमा वीरगन्जबाट तोकिएको लक्ष्य भन्दा झण्डै २८ प्रतिशत कम राजस्व असुली
आर्थिक परिवेश

०४ भदाै,वीरगञ्ज ।   देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आईसिपी वीरगन्जले चालु आर्थिक बर्ष २०८१/०८२ को पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन महिनामा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व उठाउने लक्ष्य तोकेको थियाे । माल सामानको आयात निरन्तर रुपमा ओरालो लागेसँगै चालु आर्थिक वर्षको पहिलो महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै २८ प्रतिशत कम राजस्व असुली गरेको छ…

स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु,सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प
आर्थिक परिवेश

३१ साउन,  भक्तपुर ।  भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको हो । तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् । दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ…

उद्योग मन्त्री भण्डारीकाे टाेलिले गरयाे  हल्दियास्थीत बन्दरगाहकाे भ्रमण
आर्थिक परिवेश

२६ साउन,  काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले   शनिवार  भारतको हल्दियास्थीत श्याम प्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका पदाधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभयो । अवलोकन भ्रमणका क्रममा वाणिज्य मन्त्रालयका द्विपक्षीय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्तास्थीत महावाणिज्य दूतावासका पदाधिकारीहरूलगायत उपस्थित हुनुहुन्थ्यो । गत मङ्गलवारदेखि भारत भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरू, आयातकर्ता र निर्यातकर्ताका समस्याहरूका विषयमा जानकारी लिई कोलकत्तास्थत महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखी भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले नेपाल पारवहन तथा गोदाम…