
अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमती
आर्थिक परिवेश१४ चैत्र, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने तय भएकाे छ । समझदारीमा नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन…

अमेरिकी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न मन्त्री भण्डारीकाे आह्वान
आर्थिक परिवेश०५ चैत्र, काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटीओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ । नेपालले विश्व व्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योग मन्त्री भण्डारीले बताउनुभयो । “हामीले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार (ट्रिप्स) सम्झौताको धारा ६६.२ र लाभको बाँडफाँटमा पहुँचसम्बन्धी नागोया प्रोटोकलअनुसार लाभ…

शुक्रवार राती १२ बजे देखि इन्धनकाे मुल्य घट्याे
आर्थिक परिवेश०२ चैत्र, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ। निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नेपालकाे विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढ्याे
आर्थिक परिवेश२७ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाकाे अवधीमा नेपालकाे विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेकाे मुलुककाे आर्थिक समीक्षा प्रतिवेेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाइएको छ । गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५…

याे साता सुनकाे मुल्यले नयाँ रेकर्ड निर्माण ६ हजार ८ सयले बढ्याे
आर्थिक परिवेश२६ फागुन काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्यले हरेक दिनजसो नयाँ रेकर्ड बनाउदै गएको छ । साताको मंगलबारदेखि सुनको भाउ नयाँ उचाइमा पुगेको हो । बढने क्रममा बिहीबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँको उच्च विन्दु सम्ममा पुगेको छ । गत साताको बिहीबारयता सुनको भाउ निरन्तर बढिरहेको छ । यस अवधिमा सुन तोलामा ६ हजार ८०० रुपैयाँले महंगिएको छ । फागुन १७ गते, सुनको भाउ बढेर प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन शुक्रवार सम्म लगातार बढेर एक लाख २५ हजार रुपैयाँमा किनबेच भएको छ । विश्व बजारमा…