११ महिनामा २३ अर्ब ९३ करोड, ८६ लाख बराबरको नेपाली उत्पादन निकासी
आर्थिक परिवेश१४ असार, बीरगंज । बीरगंज आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८०/०८१ को ११ महिनामा भारत तथा तेस्रो मुलुकतर्फ २३ अर्ब ९३ करोड, ८५ लाख ९१ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ । वीरगंज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगंज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै ११ महिनाको अवधिमा ७ अर्ब ५८ करोड ६३ लाख ८७ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड ९१ लाख…
११ महिनामा वीरगञ्ज भन्सार कार्यालयकाे राजस्व सकलन लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत कम
आर्थिक परिवेश११ असार वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय आइसिपीले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा १ खर्ब ४१ अर्ब ८९ करोड ८४ लाख ३ हजार राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठ मसान्त सम्मका लागि आईसिपी भन्सारलाई २ खर्ब २४ अर्ब ६१ करोड ६६ लाख २६ हजार राजस्व उठाउने लक्ष्य तोकेको छ । चालु आर्थिक वर्षकाे ११ महिनामा माल सामानको आयातमा गिरावट आएसँगै लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत…
आइतबार एकै दिन सुनकाे मुल्य तोलामा २७ सयले घट्याे
आर्थिक परिवेश०९ असार, काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ आइतबार सुन तोलामा २७ सयले घटेको हो । आइतबार छाप भएको सुन तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भएको छ । शुक्रबार छाप भएको सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएको सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलाको १ हजार ८ सय १५ मा कारोबार भएको छ । शुक्रबार चाँदी १ हजार ८ सय ६५…
उत्पादन र निर्यातमा सुधार हुन नसक्दा मुलुककाे व्यापार घाटाकाे अवस्था निरन्तर बढ्दाे
आर्थिक परिवेश०८ असार , काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाकाे अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड रूपैया बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रूपैयाकाे मालवस्तु आयात गर्दा एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रूपैया बराबरको मात्रै निर्यात गरेको छ । विभागका अनुसार ११ महिनामा नेपालले कूल १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा…
सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँले बढ्याे
आर्थिक परिवेश०७ असार काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छाप भएकाे सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएकाे सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।