खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि
आर्थिक परिवेश१४ भदाै, काठमाडाैं । खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ। यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो। गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो । १ हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो। नेपाल…
तातोपानी नाकाबाट सर्वसाधारणकाे आवतजावत खुल्ने
आर्थिक परिवेश१४ भदाै,सिन्धुपाल्चोक । महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । लामो समय आवतजावत बन्द गरेको उक्त नाकामा चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो । गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरू बीच भएको बैठकले नाकाबाट स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउन नेपालकाे तर्फबाट गरिने तयारी सबै गरेकाे जानकारी दिनु भयाे । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा…
साउनमा नेपालकाे आयात निर्यात दुबै घट्याे, सबै भन्दा बढी निर्यात हुनेमा अलैंची
आर्थिक परिवेश६ भदौ,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रूपैया बराबरकाे मात्र भएकाे छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रूपैया पुगेको छ । गत आवको पहिलो महिनामा एक खर्ब ३१ अर्ब…
बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुन्छ : उर्जा मन्त्री बस्नेत
आर्थिक परिवेश०५ भदौ ,चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बस्नेतले सम्झौता यसै वर्ष औपचारिक रूपमा घोषणा समेत गरिने स्पष्ट पार्नुभयो । उहाँले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुने अवस्थामा पुग्न लागेको बताउनुभयो । वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको मन्त्री बस्नेतले जानकारीदिनु भयो । पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै उहाँले हाल…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रूपैयाले बढयाे
आर्थिक परिवेश३० साउन, काठमाडाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाे छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ। यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। समायोजन भएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने गरी मुल्यवृदि गिरएकाे हाे ।