सीमा नाकामा ओहोरदोहोर गर्दा ५ सय रुपैयाँ सम्मका सामान भित्तयाउन पाइने
आर्थिक परिवेश२० जेठ, काठमाण्डौ । सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा ५ सय रुपैयाँ सम्मका सामान भित्तयाउन पाइने व्यवस्था गरेको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पु¥याएको हो । स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्ने सरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ . तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये…
१० महिनामा वीरगञ्ज हुँदै ४ अर्ब २ करोडका विद्युतीय सवारीआयात
आर्थिक परिवेश१८ जेठ, वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै ४ अर्ब २ करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधनहरु आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । गत आवको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात…
१० महिनामा ८८ अर्ब २२ करोड ८४ लाख मूल्यका नेपाली उत्पादनहरू निर्यात
आर्थिक परिवेश०९ जेठ,वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८८ अर्ब २२ करोड ८४ लाख मूल्य बराबरको नेपाली उत्पादनहरू निर्यात भएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको तुलनामा यस आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्ममा ६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को साउन, भदौ, असोज, कार्तिक, मङ्सिर ,पुस ,माघ, फागुन, चैत्र र बैशाख महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको…
नेपालमा हाल ८ महिनालाई पुग्ने चिनीकाे मौज्दात छ उद्योग वाणिज्य मन्त्रालय
आर्थिक परिवेश०३ जेठ , काठमाडौँ । नेपालमा चिनीको सहज आपूर्ति, बजार मूल्यको स्थिरता र आम उपभोक्ताको हित सुनिश्चित गर्न आवश्यक कदम चालिरहेको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हाल अझै ८ महिनालाई पुग्ने चिनीकाे मौज्दात रहेको बताएको हाे । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरोकारवाला सगँ छलफल गरेकाके जनाएकाे छ । मन्त्रालय तथा निकायका प्रतिनिधि र नेपाल चिनी उत्पादक संघका पदाधिकारीसँग भएको छलफलमा उद्योगीले बजारमा चिनीको सहज र सुलभ मूल्यमा नियमित आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालमा सञ्चालनमा रहेका चिनी…
तेलकाे भाउ बढ्दा विश्व शेयर बजारमा ठूलो गिरावट
आर्थिक परिवेश०२ जेठ न्युयोर्क। तेलकाे मुल्य लगातार बढन थाले पछि विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजार दबाबमा परेका हुन् । विशेष गरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको एस एन्ड पी पाँच सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क पाँच सय ३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १ दशमलव ५ प्रतिशतले घटेको…