शनिवारबाट उपत्यकाका पाँच ठाँउबाट ग्यासकाे बिक्री शुरु
आर्थिक परिवेश३० साउन, काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यासकाे बिक्री वितरण शुरु गरेकाे छ । पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरणकाे व्यवस्था मिलाएकाे नेपाल अायल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भयाे । शनिवार अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री वितरण गर्न लागिएको हाे । ग्यास खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानु पर्नेछ । निगमले बजारमा ग्यास आयात…
व्यावसायिक प्रतिष्ठानलाई बढी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह
आर्थिक परिवेश२९ साउन,काठमाडौँ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ । निगमले २०८३ साल असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको थियो । त्यसरी अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात…
मध्यराती देखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि
आर्थिक परिवेश१८ साउन, काठमाडौं । नेपाल आयल निगमले आइतवार मध्यराती देखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले हिजाे राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।…
एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा
आर्थिक परिवेश१७ साउन, काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मासिल तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो । ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारेमा परीक्षण भइरहेको विभागले जनाएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतिराम सापकोटाले नक्कली उत्पादनको बिक्रीवितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ ।…
बीरगंज हुँदै गत बर्षमा भारत तथा तेस्रो मुलुकतर्फ १ खर्ब १४ अर्ब ८३ करोडकाे निर्यात
आर्थिक परिवेश०८ साउन बीरगंज। देशकै प्रमुख व्यापारिक नाकाको रुपमा रहेको बीरगंज भन्सार नाका हुँदै आर्थिक बर्ष २०८२/०८३ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब १४ अर्ब ८३ करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक बर्ष २०८१/०८२ को तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । आर्थिक बर्ष २०८१/०८२ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब ८ अर्ब मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो । वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल,…