नेपालमा हाल ८ महिनालाई पुग्ने चिनीकाे मौज्दात छ उद्योग वाणिज्य मन्त्रालय
आर्थिक परिवेश

  ०३ जेठ , काठमाडौँ  ।    नेपालमा चिनीको सहज आपूर्ति, बजार मूल्यको स्थिरता र आम उपभोक्ताको हित सुनिश्चित गर्न आवश्यक कदम चालिरहेको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हाल अझै ८ महिनालाई पुग्ने चिनीकाे  मौज्दात रहेको बताएको हाे  । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरोकारवाला सगँ छलफल गरेकाके जनाएकाे छ । मन्त्रालय तथा निकायका प्रतिनिधि र नेपाल चिनी उत्पादक संघका पदाधिकारीसँग भएको छलफलमा उद्योगीले बजारमा चिनीको सहज र सुलभ मूल्यमा नियमित आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालमा सञ्चालनमा रहेका चिनी…

तेलकाे भाउ बढ्दा विश्व शेयर बजारमा ठूलो गिरावट
आर्थिक परिवेश

  ०२ जेठ  न्युयोर्क।   तेलकाे मुल्य लगातार बढन थाले पछि विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजार दबाबमा परेका हुन् । विशेष गरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको एस एन्ड पी पाँच सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क पाँच सय ३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १ दशमलव ५ प्रतिशतले घटेको…

नेपाली चिया भारत निर्यातमा समस्या
आर्थिक परिवेश

२९ बैशाख, काठमाण्डौ ।    नेपाली चिया भारत निकासीमा भारतले कडाइ गरेपछि नेपाली चिया भारत निर्यातमा समस्या भएको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि निकासी कार्य ठप्प भएको छ । नेपाली चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुरयाउनु पर्ने नयाँ व्ययवस्था लागू गरेपछि नेपाली चिया भारत निर्यातमा अवरोध उत्पन्न भएको हो । भारतको कोलकत्ताबाट चियाको नमूना परीक्षण गरी प्रतिवेदन ल्याउन करिब १५ दिन लाग्ने झापाको मेची भन्सार कार्यालयले जनाएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले भारतको पानीट्याङ्कीस्थित भन्सारले नजिकमा प्रयोगशाला नभएको र…

नेपाल र श्रीलंका बीच क्रस बोर्डर भुक्तानीको शुरुवात
आर्थिक परिवेश

२९ बैशाख, काठमाण्डौ ।    नेपाल र श्रीलंका बीच क्रस बोर्डर क्यूआर भुक्तानीको प्रणालीकाे शुरुवात भएको छ । अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच क्रस–बोर्डर क्यूआर भुक्तानीको शरुवात भएको हो । उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्टआईपीएस वा अन्य मोबाइल बैंकिङ्ग एपमार्फत श्रीलंकामा रहेका ४ लाख बढी लंका क्यूआर मर्चेन्टहरुमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् । श्रीलंकाको कोलम्बोमा आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लंका पे तथा दुवै देशहरुका सहभागी बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर…

वीरगञ्ज भन्सारमा ३ दिनमा ३ अर्ब १५ करोड राजस्व
आर्थिक परिवेश

१९ बैशाख काठमाडाै ।   उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर ३ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी–व्यवसायीले भन्सार जाँचपासको प्रक्रियामा लगातार तीन दिन सहभागि नहुँदा पनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्यवस्तुको भन्सार जाँचपास हुँदा तीन दिनमा करिव ३ अर्ब १५ करोड राजस्व सङ्कलन भएको जानकारी…