ज्वेलरी शो २०२३’ सम्पन्न ब्यापार प्रवर्द्र्धन तथा प्रविधि हस्तान्तरणमा फलदायी : महासंघ
आर्थिक परिवेश२८ साउन,मुम्वई भारत । भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो । मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल सहभागी भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मेलामा सहभागी हुन जानेहरुको औपचारिकरुपमा विदाई गर्नुभएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका उापध्यक्ष तथा मेला समितिका संयोजक विपिन रामुदामुको संयोजकत्वमा गएको महासंघको प्रतिनिधी मण्डलले मेलामा नेपालको तर्फवाट प्रतिनिधित्व गरेको थियो । त्यसक्रममा मेला आयोजक तथा नेपाली प्रतिनिधिमण्डलवीच विभिन्न चरणमा छलफल तथा विचार बिमर्श समेत…
भन्सार कर्मचारीको सोंचमा परिवर्तन आउन आवश्यक छ : अर्थमन्त्री महत
आर्थिक परिवेश२८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बद्लिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयाे । भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भन्नुभयाे, ‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’ हाम्रा आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’…
उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा : अध्यक्ष ढकालल
आर्थिक परिवेश२६ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको पदाधिकारी टालीसँग शुक्रवार ऊर्जा मन्त्रालयमा भएको छलफलमा अध्यक्ष ढकालले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमतामा चल्न नसकेको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रलाई उर्जाका लगायतका क्षेत्रमा लगानीका लागि उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत मन्त्री बस्नेतलाई बुझाउनु भएको थियो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…
मन्त्रि रिजाल र इण्डोनेसियाली राजदूत सुबोलोबीच भेट
आर्थिक परिवेश२६ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इण्डोनेसियाका गैर आवासीय राजदूत हेरु हार्तान्तो सुबोलोले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता विषय लगायत विविध विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री रिजालले दुई देश बीचको व्यापार तथा उद्योग क्षेत्रमा सम्बन्ध सुदृढ बनाउनको लागि राजदूत सुबोलोले निभाउनु भएको सक्रिय भूमिका तथा प्रयासको प्रशंसा गर्नु भयो । त्यसैगरी मन्त्रि रिजालले नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भन्दै राजदूत सुबोलोको प्रशंसा गर्नु भएको थियो । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै…
राष्ट्र बैंकले बढायाे आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा
आर्थिक परिवेश२३ साउन, काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो । “एक पटकमा अधिकतम अमेरिकी डलर साठी हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिनेछ । यस व्यवस्था बमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपश्चात् सोही निर्यातकर्ताबाट अर्को सिपमेन्टको वस्तु आयातका लागि सटही सुविधा प्राप्त गर्न तोकिएको शर्त पूरा गर्नुपर्नेछ”…