भारतबाट आउने तरकारी र खाद्यवस्तुमा विषादी परीक्षण गर्ने निर्णय
आर्थिक परिवेश

२८ चैत्र, काठमाडाै‌।  सरकारले भारतबाट आउने तरकारी लगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम् सीमा निर्धारण गर्न मन्त्रिपरिषद्काे पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । आयातित तथा उत्पादित खाद्य पदार्थमा विषादीको सीमा निर्धारण गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबार, बालुवाटार, शितलनिवास लगायतका स्थानको फोहोर नउठाउने भनी गरेको घोषणा नीतिगत व्यवस्था विपरीत रहेको र…

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावकाे रन्काे उमेशलाल श्रेष्ठ समूहकाे उम्मेदवारी दर्ता
आर्थिक परिवेश

२१ चैत्र,काठमाडौं । नेपालकाे निजी क्षेत्रकाे छाता संस्था  नेपाल उद्योग वाणिज्य महासंघमा यतीबेला नयाँ नेतृत्व चयनकाे सरगर्मी शुरू भएकाे छ  । यस क्रममा मंगलवार  अागामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक  कार्यक्रमबीच उक्त समूहले महासंघ केन्द्रिय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । सो समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिनु भएकाे छ । उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउनु भएकाे थियाे । त्यस्तै सो समूहका जिल्ला तथा नगर…

नवप्रवर्तन व्यवसाय (स्टार्टअप) नीति पारित गर्न नेपाल उद्योग वाणिज्य महासङ्घकाे माग
आर्थिक परिवेश

२० चैत्र, काठमाडाैं  ।  नेपाल उद्योग वाणिज्य महासङ्घ प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर नवप्रवर्तन व्यवसाय (स्टार्टअप) नीति पारितसँग आग्रह गरेको छ । महासङ्घ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज उद्योगमन्त्री रिजाललाई भेट्न गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा अहिलेको सङ्कट समाधानका लागि उद्योग मन्त्रालयले ठोस पहल गर्न पनि आग्रह गरेको हो । “बहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न मन्त्री रिजाल समक्ष आग्रह गरिएको नेपाल उद्योग वाणिज्य  महासङ्घले जनाएकाे  छ  । महासङ्घको पहलमा निर्माण भएको यो नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उद्योग मन्त्रालयको भूमिका बढाउनेबारे पनि आग्रह गरिएको छ ।”, मन्त्री रिजालसँगको भेटबारे…

नेपाल चीन बीचको व्यापारिक रसुवागढी नाका शनिवारदेखि पूर्णरुपमा संचालनमा
आर्थिक परिवेश

१८चैत्र,काठमाण्डौं । नेपाल चीन बीचको व्यापारिक रसुवागढी नाका शनिवारदेखि पूर्णरुपमा संचालनमा आएको छ । कोरोनाको प्रभावसंगै केही समय बन्द रहेको र त्यसपछि आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिवारबाट दुवैतर्फ पूर्ण रुपमा सञ्चालनमा आएको हो । चीनको ल्हासामा हालै सम्पन्न दुई देशको बैठकपछि नेपाली प्रतिनिधिमण्ड रसुवागढी नाका हुदै आज नेपाल फर्केको छ । रसुवागढी नाकामा शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपालका वाणिज्य सचिव मधुकुमार मरासिनि र चिनको तीब्बत स्वायत प्रदेशका उपाध्यक्ष चेन योड.क्वीले नाकालाई पूर्ण रुपमा संचालनमा ल्याएको घोषणा गर्नु भएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई…

८ महिनामा १ अर्ब ७९ करोड ३९ लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश

१४ चैत्र, वीरगञ्ज ।  वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिनामा भारत तथा तेस्रो मुलुकतर्फ १ अर्ब ७९ करोड ३९ लाख १२ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै प्रशोधित भटमासको तेल ५ करोड ७९ लाख ८१ हजार मूल्य बराबरको २ लाख ४७ हजार ६ सय ५ किलो ग्राम भारत निर्यात भएको छ । त्यसैगरी ६० करोड…