प्रयोग नगर्दा पनि हुने र सामान्य वस्तुका लागि विदेशीयाे अर्बाै रकम
आर्थिक परिवेश

२१ साउन, काठमाडौ ।  दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार रूपैया  बाहिरिएको छ । त्यस्तै फेसक्रिम आयतमा  ७८ करोड पाँच लाख ८१ हजार रूपैया विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा ४६ करोड नौ लाख ८९ हजार रूपैया मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले…

गत आर्थिक बर्ष वीरगञ्ज भन्सार मार्फत ३३ अर्ब ६० करोडकाे वस्तु निर्यात
आर्थिक परिवेश

२० साउन,वीरगञ्ज ।  वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०७९/०८० मा भारत तथा तेस्रो मुलुकतर्फ ३३ अर्ब ५९ करोड ७९ लाख १७ हजार मूल्य बराबरको नेपाली उत्पादन निवासी भएको छ । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै ८ अर्ब ६० करोड ५६ लाख २८ हजार मूल्य बराबरको पाम आयल भारत निर्यात भएको छ  । त्यसैगरी साे नाका हुँदै गत बर्ष  ६ अर्ब ४२ करोड ३३ लाख १७…

सबैले इमान्दार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ: अर्थमन्त्री डा. महत
आर्थिक परिवेश

वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताउनुभएको छ । बिहीबार सुख्खा बन्दरगाह बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताउनुभएको हो । ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं’ मन्त्री डा. महतले भन्नुभयो । मन्त्री डा. महले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वभाविक भएको बताउनुभयो त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताउनुभयो । तर, बजारमा प्रशस्त माल बस्तु छ, तर राजश्व घटिरहेको छ भने मन्त्री डा. महतले भन्नुभयो, ‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट…

खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घट्याे
आर्थिक परिवेश

१७ साउन, काठमाडौं ।  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिनुभएको हो । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

एक करोडकाे दाँत कोट्याउने सिन्को र एक करोडको ह्याङ्गर आयात
आर्थिक परिवेश

१३ साउन,काठमाडौं।  पछिल्लो समय सार्वजनिक भएको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिएकाे छ । हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अति आवश्यक हुन्छ । भन्सार विभागले पछिल्लो समय  सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा  एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात…