ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न परिसंघकाे सुझाव
आर्थिक परिवेश

११ असार,काठमाडाै ।    नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघकोतर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नु भएकाे छ । परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लयविमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। परिसंघले आगामी मौद्रिक नीतिलाई तीनवटा पक्षमा केन्द्रित गर्न सुझाव दिएको छ । तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ्ने विषयमा सुझाव…

विदेशी मुद्राकाे काराेवारमा उतार चढाव
आर्थिक परिवेश

१० असार,  काठमाडौँ ।   नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार यस दिनका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ…

वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक
आर्थिक परिवेश

३१ जेठ, काठमाण्डौ ।   वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन । उपलब्ध तथ्याङ्क अनुसार, जेठको तुलनामा असार महिनामा निक्षेपको औषत ब्याजदर सामान्य अंकले घटेको छ । व्यक्तिगत निक्षेपतर्फको औषत अधिकतम ब्याजदर जेठको ४.३४३ प्रतिशत विन्दुबाट घटेर असारमा ४.२६५५ प्रतिशत विन्दु कायम भएको छ । त्यस्तै, संस्थागत निक्षेपको औषत दर पनि जेठको ३.२०४ प्रतिशत विन्दुबाट केही घटेर ३.१८ प्रतिशत विन्दुमा झरेको छ । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फको ब्याजदरमा सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुले कटौती गरेका छन । त्यसै गरी हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दु र एनएमबि,…

हजारौँ बेरुजु बाँकी रहेको तथा एटीएम मेसिनहरूमा पुरानो सफ्टवेयर प्रयोग भइरहेको छ : राष्ट्र बैंक
आर्थिक परिवेश

३१ जेठ, काठमाण्डौ ।  वाणिज्य बैंकहरूको निक्षेप संकलन र सम्पत्ति बढे पनि कर्जाको गुणस्तर खस्किँदा र खराब कर्जा चुलिँदा बैंकहरूको पूँजीगत दबाबमा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार हिस्साको अवस्था हेर्दा वाणिज्य बैंकहरूको कुल निक्षेप १३.६३ प्रतिशतले बढेर. ६,५४१.६५ अर्ब पुगेको उल्लेख गरेको छ । समीक्षा बर्षमा बैकहरुको कुल कर्जा तथा सापटी १०.४९ प्रतिशतले वृद्धि भई ४,९६३.१५ अर्ब पुगेको देखाएको छ । तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने ८०.०५ प्रतिशतमा खुम्चिएको छ । प्रतिवेदनका अनुसार समग्र बैंकिङ क्षेत्रको कुल सम्पत्तिमा…

विदेशी मुद्राहरुको विनिमयदर उच्च दरले बढ्याे
आर्थिक परिवेश

२९ जेठ, काठमाण्डाै ।    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो र अस्ती लगातार घटेको सबै मुद्राको भाउ आज बढेको हो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो। यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर…