
मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक
आर्थिक परिवेश१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो । भाखा नाघेको ३ महिनासम्मको कर्जालाई असल कर्जाका रुपमा व्याख्या गरिँदै आएको छ । सो कर्जामा बैंकहरुले अब १ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्नेछ । यसले बैंकहरूको प्रोभिजन रकम केही घट्न सहयोग पुग्नेछ । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५…

३३ बर्षिय युवाले हात पारे बीमा प्राधिकरणकाे नेतृत्व
आर्थिक परिवेश१३ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले मगलवार ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हाल्नु भएकाे छ । यस अघि नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले अर्थमन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियाे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिनुभएको हो । उहाँलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिनुभएको थियो । ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैया पुग्याे
आर्थिक परिवेश९ फाल्गुन काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैया कायम भै काराेवार भएको छ । बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

देशका ७५३ वटै स्थानीय तहमा बाणिज्य बैङ्कको पहुँच
आर्थिक परिवेश२८ माघ, काठमाण्डौ । देशका ७५३ वटै स्थानीय तहमा सोमवारदेखि बाणिज्य बैकका शाखाहरु मार्फत बैकिड. र वित्तीय सेवा पुगेको छ । सङ्घीयता आएको सात वर्षपछि बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बाणिज्य बैङ्कको शाखा स्थापना भएसंगै सबै स्थानीय तहमा बैकको सेवा र पहूँच पुगेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिका–१ धलौनमा एभरेष्ट बैङ्कको शाखा सोमवार उद्घाटन गर्नुभयो । त्यस अवसरमा गभर्नर अधिकारीले साइपालबासीलाई एभरेष्ट बैङ्कको शाखा धलौनमा खाता खोल्न अनुरोध गर्नुभयो । ७५३ औँ स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा स्थापना हुँदा सबै भन्दा राम्रो शाखा साइपालको रहेको र आफु स्वयं उपस्थित हुन पाउँदा खुसी लागेको समेत गभर्नर अधिकारीले…

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँ निक्षेप राख्ने
आर्थिक परिवेश२७ माघ काठमाडाै । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब १९ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ। आगामी फागुन ६ देखि १ वर्षका लागि उक्त मुद्दती निक्षेर राख्नलागेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार क वर्गका बैंकहरुा १ अर्ब ७५ करोड २० लाख, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा ३२ करोड ८५ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १० करोड ९५ लाख रुपैयाँ छुट्याइएको छ। इच्छुक संस्थाले यही माघ ३० गते १० बजेदेखि १ बजेभित्र इमेलमार्फत जानकारी गराउन सक्नेछन्। यसका शर्तहरुमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, तोकिएको न्यूनतम पुँजीकोष कायम…