नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन वित्तीय सहुलियतहरु बुधवारबाट हटे
आर्थिक परिवेश

  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोनाकालमा दिएका विभिन्न प्रकारका वित्तीय सहुलियतहरु हटाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले त्यसता सहुलियतहरु बुधवारबाट हटाएको हो । संशोधन अनुसार कोभिड–१९ का कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजना निर्माण सम्पन्न÷सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन÷सञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा ग्रेस अवधि थप गर्न सकिने प्रावधान हटेको हो । यसअघि कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९…

मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुलुकमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई टेवा दिने गरी मौद्रिक नीति शुक्रवार सार्वजनिक गरेको छ । मौद्रिक नीतिले मुद्रास्फीतिलाई बढन नदिई ७ प्रतिशतमा कायम राख्ने प्रतिवद्धता पनि जनाएको छ । मौद्रिक नीतिले नेपाल सरकारको बजेट वक्तव्य २०७९÷८० ले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्यलाई लिएको हो । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धिमार्फत आर्थिक वृद्धिलाई सहयोग पु¥याउने गरी मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक कसिलो बनाइएको छ । नेपाल जस्तो सानो र…

वीमा क्षेत्रको पहिलो विग मर्जर
आर्थिक परिवेश

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर आजदेखि एकीकृत कारोवार शुरु गरेका छन् । गाभिए पछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार सुरु भएको हो । बीमा क्षेत्रको नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य गरेपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने निर्णयमा पुगेका थिए । यो मर्जरलाई बीमा क्षेत्रको पहिलो र ठूलो मर्जरको रुपमा लिइएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबारको आइतवार काठमाण्डौमा शुभारम्भ गर्नु भयो । मर्जरपछि कम्पनीको अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ चयन हुनुभएको छ भने प्रमुख कार्यकारी…

लेखा परीक्षण कार्य अब डिजिटल प्रणालीबाट हुने
आर्थिक परिवेश

काठमाडौँ । नेपालको लेखा परीक्षण कार्य अबको चरणदेखि डिजिटल प्रणालीबाट हुने  भएको छ । नेपालको महालेखा परीक्षकको कार्यालयले देशभरका ६ हजार २ सय ६८ कार्यलयहरुको लेखा परीक्षणको लागि तयार पारेको नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (नेम्स) सञ्चालनमा ल्याउने तयारी भएको हो । महालेखा परीक्षकको कार्यालयले प्रणालीका सम्बन्धमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरूलाई प्रणाली सञ्चालनका बारेमा जानकारी गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नै नवनिर्मित भवनमा आयोजना गरेको छलफल कार्यक्रममा महालेखा परीक्षक टङ्कमणि शर्माले नेपालको लेखा परीक्षण प्रणालीलाई समयानुकूल र आधुनिक प्रविधिमा आधारित बनाउन प्रणाली सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले प्रणालीको विश्वसनीयता र प्रभावकारिता…

नबिल बैङ्कद्वारा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु
आर्थिक परिवेश

काठमाडौँ । नबिल बैङ्कले सामाजिक उद्यमशीलताको विकासका लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैङ्कले शुक्रवार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिविको व्यवस्थापन सङ्काय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ । बैङ्कले सुरु गरेको सामाजिक उद्यमशीलता कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्य लिएका जनाएको छ । सामाजिक उद्यमशीलता कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैङ्कको सहयोग हुने नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिनुभयो ।