निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश७ वैशाख, बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताउनुभएको छ। बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हाे। उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र…
आगामी बजेटले देशकाे अर्थतन्त्रमा नयाँ रक्तसञ्चार गर्नेछ : प्रधानमन्त्री
आर्थिक परिवेश६ वैशाख, तनहुँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताउनुभएको छ । बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताउनुभएको हो । सभामा प्रधानमन्त्रीले भन्नुभयो, “सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।” प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका…
प्रधानमन्त्रीबाट काठमाडौं–तराई मधेस द्रुत मार्गको अवलोकन
आर्थिक परिवेश५ बैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई÷मधेस द्रुत मार्गको निरिक्षण अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीले द्रुत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गर्नुभएको हो । उहाँका साथमा उपप्रधान तथा रक्षामन्त्री, भौतिक तथा यातायात व्यवस्था मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति समेत रहनुभएको छ ।
राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश२९ चेत्र, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सैनिक क्याडेट अधिकृतहरूलाई सैनिक सेवाको अन्तिम घडीसम्म सेवा कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन निर्देशन दिनुभएको छ । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिम पुरा गरेका शिक्षार्थीहरूलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो । उहाँले राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, जनताको सेवामा समर्पित हुँदै नेपाली सेनाको छविलाई थप उचाइमा पुर्याउने जिम्मेवारी नव आयुक्तहरूमा थपिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरण एवं त्यसका प्रभावका…
दिगो विकास लक्ष्य प्राप्त गर्न सबै पक्षबीचमा समन्वय सहकार्य र साझेदारी आवश्यक प्रधानमन्त्री
आर्थिक परिवेश२४ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । “त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने…