सरकारले भन्याे बाढीबाट हालसम्म ४ सय ७७ जनाकाे निधन
आर्थिक परिवेश१२ भदाै,काठमाडाैँ। सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ४ सय ७७ जना निधन भएको विवरण सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढीमा परेर अहिले सम्म रसुवामा १२ नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा १ सय १० नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १ सय ८८ मानवीय क्षति भएको जानकारी दिनुभयो । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले प्राथमिकतामा राखेको र प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो…
इप्पानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग गर्ने
आर्थिक परिवेश१२ भदाै,काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनताको सुखदुःखसँग पनि जोडिएको बताउँदै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो…
सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन सरकारकाे आग्रह
आर्थिक परिवेश०४ भदाै, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक वक्तव्य जारी गर्दै सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगलगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण…
विपद्का घटनामा परेर देशभर २१५ जनाको मृत्यु
आर्थिक परिवेश२९ साउन, काठमाडौं । वैशाखयता देशभर भएका विपद्का घटनामा परेर २१५ जनाको मृत्यु भएको छ । वैशाख १ गतेदेखि २८ गतेसम्मको तथ्यांक अनुसार यो अवधिमा ४६०८ घटना भएका छन् । जसमा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार घटनामा १४२२ जना बेपत्ता भएका छन् भने ५६३८ परिवार प्रभावित भएका छन् । यो अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन् । १०९० आगलागीका घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् । सर्पदंशका ८९२ घटनामा ६३ जनाको मृत्यु भएको छ भने ८३७…
बाढीका कारण फसेका तीन जनाकाे उद्दारकाे पहल
आर्थिक परिवेश२९ साउन, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् । गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नामथर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताउनुभयो । “मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ ।” सहायक प्रजिअ बरालले भन्नुभयो । उहाँका अनुसार…