सुनसरी र सिराहामा ज्यान गुमाएकालाई सहीद घोषणा
आर्थिक परिवेश२६ साउन, काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शन क्रममा ज्यान गुमाएका चार मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने पनि निर्णय गरेको प्रवक्ता पोखरेलले…
नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
आर्थिक परिवेश२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनु भयाे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो । जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल हुनु भएकाे थियाे । अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस हुनु भएकाे थियाे । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो । अब कार्यकारी…
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब नियुक्ति
आर्थिक परिवेश२० साउन, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्ति गरेकाे छ । मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्यसताे जानकारी गराउनु भएकाे हाे । बुधवारकाे मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णयहरू गरेकाे छ । निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता मन्त्री पाेखरेलले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनु भयाे । त्यस्तै, पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय पनि भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३…
घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
आर्थिक परिवेश१४ साउन, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईँहरूसामु उपस्थित भएको छु”, उहाँले भन्नुभयो, “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका…
सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न राष्ट्रपतिकाे अपिल
आर्थिक परिवेश१४ साउन,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो –“यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।” राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य…