नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भयाे
आर्थिक परिवेश

  २७ भदाै, काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

नेपालकाे पहिलाे महिला प्नधानमन्त्रीमा शुशिला कार्की नियुक्त
आर्थिक परिवेश

   २७ भदाै, काठमाडौँ । राजनीतिक सहमति जुटेसँगै नेपालकाे ४२ अाै  प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाङ्क्षा अनुसार, राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा उहाँलाई नियुक्ति गर्नुभएको हो । राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक छ । राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिसमा छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गराउने गरी अन्तरिम सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो । उहाँको आजै पद तथा…

प्राधिकरणले विभिन्न २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गर्न निर्देशन
आर्थिक परिवेश

   १९ भदाै,काठमाडौँ ।    नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले सरकारको निर्णयसँगै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय गर्न पत्राचार गरेको हो । सामाजिक सञ्जाललाई व्यवस्थित पार्ने सम्बन्धमा सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको निर्णय र यही भदौ १९ गते अर्थात् आजको मन्त्रीस्तरीय निर्णय बमोजिम भन्दै नेपाल भित्र सञ्चालनमा रहेका विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्न भनिएको हो । प्राधिकरणद्वारा जारी पत्रमा फेसबुक, यू-ट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटरलगायतका २६ सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउने व्यवस्था…

सूचीकृत नभएका सामाजिक सञ्जाल नेपालमा निष्क्रिय हुने
आर्थिक परिवेश

 १९ भदाै, काठमाडौँ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिवार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताउनुभयो । सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो । उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति,…

निजामती सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
आर्थिक परिवेश

१७  भदाै  काठमाण्डाै ।    संघीय निजामती सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक मंगलबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो। विधेयकमा सेवा निवृत्त भएका कर्मचारीले २ वर्षभन्दा अघि फेरि अन्य कुनै सरकारी नियुक्ति खान नमिल्ने व्यवस्था (कुलिङ अफ पिरियड) राख्न खोजिएकोमा प्रतिनिधि सभाबाट पारित हुँदा त्यसमा गडबडी भएपछि त्यसले व्यापक विवाद निम्ताएको थियो। कुलिङ अफ पिरियडको मर्म नै मर्ने गरि गरिएको गडबडीको छानबिन गर्न प्रतिनिधि सभामा समिति बनाइएको थियो। तर, समितिले नाम नै किटान गरेर कसैलाई दोषी करार गरेन। राष्ट्रिय सभाले भने प्रतिनिधि सभामा कुलिङ अफ पिरियडसम्बन्धी भएकाे गडबडी लगायतका अन्य विषयमा संशोधनसहित…