देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्छ पोखरेल
आर्थिक परिवेश

१७ साउन  काठमाडौँ ।   नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताउनुभएको छ । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताउनुभयो । ‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उहाँको भनाइ छ । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्रअघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताउनुभयो । “अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि…

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू, १६ अर्ब ७४ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने
आर्थिक परिवेश

१५ साउन, काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनः स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराउनुभएको हो । त्यसै गरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब  १८ अर्ब ९२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैङ्क…

वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ :  प्रधानमन्त्री
आर्थिक परिवेश

१२ साउन काठमाडौँ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई/मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । साेमवार  सामाजिक सञ्जालमार्फत उहाँले उक्त सडकले काठमाडौँलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । “द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले काठमाडौँ–तराई/मधेश द्रूतमार्ग…

मधेसका सुख्खा प्रभावित क्षेत्रमा राहत प्याकेजकाे तयारी भइसकेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

    ०९ साउन, बारा ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धन २०८४ सालसम्म कायम रहने स्पष्ट पार्नुभएको छ। बारा जिल्लाको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गर्नुभयो। उहाँले गठबन्धन नपचाएका केही व्यक्ति र दलहरूले विकासको मार्गमा अवरोध गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले गठबन्धन सरकार राष्ट्रिय आवश्यकताको उपज भएको बताउँदै स्थिरता, पूर्वाधार र नागरिकलाई अनुभव हुनेगरी काम भइरहेको उल्लेख गर्नुभयो। हुलाकी राजमार्गको तीव्र निर्माण, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सरकारले प्रगति गरेको भन्दै उहाँले मधेसका सुख्खा प्रभावित क्षेत्रमा राहत प्याकेज तयारी भइसकेको जानकारी दिनुभयो। सरकारले चौतर्फी रूपमा पूर्वाधार,…

संघीय अस्पतालले आफ्ना उपकरणको अवस्था वारे अडिट गर्नु पर्ने
आर्थिक परिवेश

२६ असार, काठमाडौँ ।   अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण तथा उनीहरूको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्याङ्क प्राप्त गर्ने व्यवस्था नै नभएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चासो देखाउनु भएकाे  थियाे । उहाँले अस्पतालहरूका बिग्रिएका उपकरणबारे जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएनु  भएकाे  थियाे । त्यसक्रममा कैयौँ सामान्य खर्चमै मर्मत गर्न सकिने उपकरण थन्किएको पाइएको थियो । त्यसयता मन्त्रालयले उपकरणको अवस्थाबारे…