रास्वपाको राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी सम्पन्न
आर्थिक परिवेश१२ असार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी आज सम्पन्न भएको छ । चितवनमा जारी महाधिवेशन अन्तर्गत आज महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो । आज सम्पन्न मतदानमा महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित हुनुभएको छ । यस्तै महामन्त्री पदमा विपिन आचार्य, खुल्ला तर्फको सहमहामन्त्री पदमा असिम शाह र हरि ढकाल तथा महिला तर्फको सहमहामन्त्री पदमा निशा डाँगी विजयी हुनुभएको छ । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । यसअघि हिजो केन्द्रीय…
उपसभापतिमा गौतम र महासचिवमा आचार्य निर्वाचित
आर्थिक परिवेश१४ असार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन सम्पन्न भएर पदाधिकारीकाे टुड.गाे लागेकाे छ । महाधिवेशनकाे शुक्वावार निर्वाचनकाे परिणाम अनुसार उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी हुनुभएको छ । चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गरि विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नुभयो । त्यस्तै पार्टीको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित हुनुभएको छ । उहाँ यसअघि रास्वपाको सहमहामन्त्री हुनुहुन्थ्यो । निर्वाचित भएपछि आचार्यले आफु विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्ने र जनताले राखेका अपेक्षामा खरो उत्रिएर जिम्मेवारी पूरा गर्ने बताउनुभयो । ५ जना पदाधिकारी चयनका लागि भएको मतदानमा १ हजार २…
राहदानी विभागका महानिर्देशकसहित १६ जना तथा कम्पनी विरुद्ध मुद्दा दायर
आर्थिक परिवेश०८ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, निर्देशक रवीन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इञ्जिनियर विपीन प्रसाईँ, शाखा अधिकृत सोमेश थापा विरुद्ध समान बिगो माग दाबी गरिएको छ । आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव द्वय राजाराम दाहाल र…
काठमाडौँ महानगरले ल्यायाे २५ अर्ब ८८ करोड ३० लाखको बजेट
आर्थिक परिवेश०४ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ को बजेट ल्याएको छ । कामपाको १९औँ नगर अधिवेशनमा आज आगामी आवका लागि बजेट प्रस्तुत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुल बजेटमध्ये पूर्वाधार विकासमा ६१ प्रतिशत विनियोजन गरिएको बताउनुभयो । “महानगरले आगामी आवको बजेटमा पूर्वाधार विकासमा उच्च प्रथामिकतामा राखेर बजेट विनियोजन गरेका छ”, उहाँले भन्नुभयो । महानगरले आगामी आवको बजेटमा सामाजिक विकासतर्फ कुल बजेटको नौ दशमलव छ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै आर्थिक विकासतर्फ दुई दशमलव एक प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रतर्फ कुल बजेटको १८ दशमलव आठ प्रतिशत…
११ महिनामा १० खर्ब ७९ अर्ब ६३ करोड राजस्व सङ्कलन
आर्थिक परिवेश०२ असार,काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ । सङ्घीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् रु नौ खर्ब ७९ अर्ब ६८…