निर्माण क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री शाहले गर्नु भयाे छलफल
आर्थिक परिवेश२५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानीकाे वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा बिहिवार निर्माण व्यवसायीसँग छलफल गर्नु भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै त्यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भयाे । प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड दिनु भयाे । छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश…
सचिव गोविन्दबहादुर कार्की नेपाल सरकारकाे मुख्यसचिवमा नियुक्त
आर्थिक परिवेश२४ असार, काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गर्दै त्यसताे जानकारी गराउनु भएकाे हाे । मन्त्रिपरिषद्काे बुधबारको बैठकले सरकारको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको मन्त्री पाेखरेलले जानकारी दिनु भयाे । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने । २. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने । ३. ‘विदेशी शैक्षिक कार्यक्रम…
१०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा सरकारकाे उल्लेखनीय प्रगति
आर्थिक परिवेश२० असार, काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो । राजनीतिक नियुक्ति पारदर्शिता, खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक क्यालेन्डरको प्रभावकारी रूपमा लागू गरिएको छ । नीतिगत र संरचनागत सुधारका साथै सङ्घीय सरकारको मन्त्रालय सङ्ख्या घटाएर आर्थिक मितव्ययी अपनाइएको छ । विगतमा राजनीतिक दलका नेता बढी व्यस्त हुने उद्घाटन र शिलान्यासजस्ता कार्यक्रमलाई अन्त्य गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री…
सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता सम्बन्धी समस्या समाधानका लागि प्रशासनिक पहल
आर्थिक परिवेश१९ असार,नवलपरासी पश्चिम् । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) लाई सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धमा आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ। गृह मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्याबारे भएको छलफल तथा असार १९ गतेको सचिवस्तरीय निर्णयअनुसार निर्देशन जारी गरिएको उल्लेख छ। पत्रअनुसार सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ। यस्तै, नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण सङ्कलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावलीबमोजिम प्रक्रिया…
प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित
आर्थिक परिवेश१४ असार, काठमाडौँ । प्रतिनिधिसभाको आइतवारको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, २०८३ बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक २०८३ सर्वसम्मतिले पारित गरेको छ । सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ सभाबाट पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो । आर्थिक विधेयक २०८३ माथि सातवटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयक माथि तीन वटा संशोधनको सूचना प्रस्तुत भएको थियो । दुवै विधेयकमाथि परेका संशोधनहरू मध्ये अर्थमन्त्री डा. वाग्लेले स्वीकार गर्नुभएका प्रस्तावहरू बाहेक संशोधनकर्ता सांसदहरुले फिर्ता नलिनु भएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो ।…