आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झर्याे
आर्थिक परिवेश

२१ असाेज, काठमाण्डाै  ।    आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउन्डेसन र क्यानडास्थित फ्रेजर इन्स्टिच्युटले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल १६५ देशमध्ये नेपाल ९०औँ स्थानमा पुगेको हो। गत वर्ष नेपाल ८९औँ स्थानमा थियो। यस वर्ष नेपालले १० मध्ये ६.५९ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक ६.५८ थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको हो। समृद्धि फाउण्डेशनले नेपालमा १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार उच्च आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसको समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र औसत आयु…

लामिछानेकाे द लामिछाने फाउन्डेसनले बाढीपीडितका लागि १ करोड ७ लाख सहयोग
आर्थिक परिवेश

 १७ असाेज काठमाण्डाै । लण्डनमा रहेका नेपाली फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेकाे ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको द लामिछाने फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको लामिछानेले जानकारी दिनुभयाे । बिहिबार लण्डनमा रहेकाे नेपाली दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गर्नु भयाे  । रकम हस्तान्तरण कार्यक्रममा सांसद विदुषी राणाले बाढी पीडितलाई सहयोग गरेकामा व्यवसायी लामिछानेप्रति…

नेपाली प्रविधि क्षेत्रका प्रतिनिधिहरुकाे टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न
आर्थिक परिवेश

०४ असोज, जुरिच, स्वीटजरल्याण्ड ।  नेपाली प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ताहरुकाे नेपाल टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘स्वीट्जरल्यान्डको ज्युरिचमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी,प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो…

घलेले गरे भोटेकोसी बाढी प्रभावित बालबालिकालाई करिव ५८ करोड सहयोग
आर्थिक परिवेश

०३ असाेज, काठमाण्डाै ।    गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा शेष घले र उनकी पत्नी जमुना गुरुङको ‘एमआईटी ग्रुप फाउन्डेसन’ले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्‌सँग समझदारी (एमओयू) गरेको छ। ‘यो सहयोगले प्रत्येक बालबालिकाको परिस्थितिका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न मद्दत गर्नेछ’, शेष घलेले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएकाे छ । भोटेकोसी बाढीको पानी घट्दैमा समस्याको अन्त्य नहुने…

बाढीबाट घरबारविहीन भएकाहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना
आर्थिक परिवेश

१० भदाै, काठमाडौँ ।   सरकारले बाढीबाट घरबारविहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर–७ तुप्चेस्थित पुस्तकालय (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली ढुङ्गे क्षेत्र र विदुर–४ सिमचौरका लागि बालमन्दिरमा (१०० जनाको क्षमता), विदुर–५ देवीघाटस्थित आयुर्वेद वैकल्पिक चिकित्सालयमा (३०० जनाको क्षमता) को अस्थायी आवास निर्माण गरिएको छ । साथै विदुर–१० बेत्रावती भैँसे क्षेत्रस्थित सुन्दरी क्यौरिनी मावि (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली बजार क्षेत्रको कोलनी कवर्डहल (३०० जनाको क्षमता), विदुर–३ देवीघाट सिटखाली क्षेत्रमा रहेको रणभुवनेश्वरी…