बाढीबाट घरबारविहीन भएकाहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना
आर्थिक परिवेश१० भदाै, काठमाडौँ । सरकारले बाढीबाट घरबारविहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर–७ तुप्चेस्थित पुस्तकालय (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली ढुङ्गे क्षेत्र र विदुर–४ सिमचौरका लागि बालमन्दिरमा (१०० जनाको क्षमता), विदुर–५ देवीघाटस्थित आयुर्वेद वैकल्पिक चिकित्सालयमा (३०० जनाको क्षमता) को अस्थायी आवास निर्माण गरिएको छ । साथै विदुर–१० बेत्रावती भैँसे क्षेत्रस्थित सुन्दरी क्यौरिनी मावि (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली बजार क्षेत्रको कोलनी कवर्डहल (३०० जनाको क्षमता), विदुर–३ देवीघाट सिटखाली क्षेत्रमा रहेको रणभुवनेश्वरी…
एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन शनिवारदेखि चीनको ग्वान्झाओमा शुरु
आर्थिक परिवेश३० साउन काठमाण्डाै । गैर आवासीय नेपाली संघ (NRNA) को ११औँ एशिया प्रशान्त क्षेत्रीय सम्मेलन शनिवारबाट चीनको ग्वान्झाओमा सुरु भएको छ। ग्वाझाओस्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनमा नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्ने, नेपालको आर्थिक विकासमा डायस्पोराको पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने तथा एनआरएनएको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल हुनेछन्। सम्मेलनअन्तर्गत व्यापार, लगानी तथा लजिस्टिक क्षेत्रका अवसर, एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद् (NCC) को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, नेपाली नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार, पर्यटन प्रवर्द्धन, महिला तथा युवा…
ढुक्क भएर नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आह्वान
आर्थिक परिवेश३० साउन काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्नुभएको छ । चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गर्नुभएको छ । “सरकारले लगानीको माहोल बनाइरहेको छ । देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ”, उहाँले भन्नुभयो, “एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ । त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु ।” मन्त्री वाग्लेले नेपालको पर्यटन,…
अस्ट्रेलियाका प्रधानमन्त्रीद्धारा नेपाली समुदायले गरेकाे योगदानको प्रशंसा
आर्थिक परिवेश२७ साउन,काठमाण्डौ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थेनी अल्बानीजीले नेपाली समुदायका प्रतिनिधिहरूलाई क्यानबेरास्थित संसद भवनमा स्वागत गर्नु भएको छ । अस्ट्रेलियामा रहेका नेपाली समुदायका संघ संस्थाहरुको महासंघ,अष्ट्रेलिया Federation of Nepali Community Associations of Australia को बार्षिक साधारणसभाका लागि क्यानबेरामा उपस्थित प्रतिनिधिहरूलाई प्रधानमन्त्री अल्बनीजीले संसद भवनमा स्वागत गर्नु भएको हो । त्यस अवसरमा नेपाली समुदायलाई सम्बोधन गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजीले अस्ट्रेलियामा रहेको नेपाली समुदायको योगदानको प्रशंसा गर्नु भयो । अस्ट्रेलिया बहुसांस्कृतिक देश भएको भन्दै उहाँले नेपाली समुदायको जनसंख्या बृद्धि भएकोप्रति खुशी समेत ब्यक्त गर्नु भयो । प्रधानमन्त्री अल्बनीजीले साधारणसभाका क्रममा प्रधानमन्त्री एन्थोनी एल्बानिजीले खास गरि न्यू साउथ वेल्स राज्यमा नेपाली समुदायको बढ्दो…
एनआरएनए सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
आर्थिक परिवेश२७ साउन, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा ३५ भन्दा बढी देशबाट २५० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा तथा भर्चुअल माध्यमबाट समेत गरी ४०० भन्दा बढीको सहभागिता रहेको गैर आवासीय नेपाली संघले जनाएको छ । सम्मेलनलाई नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो । सम्मेलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा…