पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाल महोत्सव सम्पन्न
आर्थिक परिवेश०१ असाेज पर्थ । पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । महोत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता र बहु सांस्कृतिक मन्त्री डा. टोनी बुटीले नेपाली समुदायको प्रशंसा गर्दै स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराउनुभयो । महोत्सवको उद्घाटन मन्त्री टोनी बुटीले र एनआरएन आइसिसीका अध्यक्ष बद्री केसीले संयुक्तरुपमा गर्नुभएको थियो। मन्त्री बुटीले पर्थको बहु सांस्कृतिक समुदायमा नेपाल महोत्सव स्थापित हुँदै गरेको बताउनुभयो । स्थानीय सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल महोत्सवमा १० हजारभन्दा बढी दर्शकले सहभागिता जनाएका थिए । नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरूका स्टलहरू…
सरकारले आगामी असोज ४ गते न्यूयोर्कतर्फ प्रस्थान गर्नेगरी प्रधानमन्त्रीकाे भ्रमण कार्यतालिका स्वीकृत
आर्थिक परिवेश२१ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन न्यूयोर्क जानु हुने भ्रमण कार्यतालिका स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल महासभामा सहभागी हुन आगामी असोज ४ गते न्यूयोर्कतर्फ प्रस्थान गर्नेगरी भ्रमण कार्यतालिका समेत बैठकले स्वीकृत गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो । यस्तै बैठकले एसियाली विकास बैङ्कबाट सिँचाई…
जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि ७ अर्ब ६० कराेड अनुदान सहायता उपलब्ध हुने
आर्थिक परिवेश२१ भदाै काठमाडाै । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ। वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ। सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नविकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो। वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट…
अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिटमा अलपत्र
आर्थिक परिवेश११ भदाै काठमाडौँ । अमेरिका जान हिँडेका १७६ जना नेपाली नागरिक ब्राजिलको साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा अलपत्र परेका छन् । दूतावासले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै त्यहाँ अलपत्र परेका सबै नेपाली यात्रुहरू सकुशल रहेको जनाएको छ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रूपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी…
विकासोन्मुख र अल्प विकसित मुलुकहरुलाई विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको छ : अर्थमन्त्री
आर्थिक परिवेश०४ भदौ काठमाडौंं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताउनु भएको छ । त मुलुकहरुको सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताउनु भयो । संयुक्त राष्ट्रसङ्घले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा काठमाण्डौमा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताउनुभएको हो । उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रवृत्तिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा रहेको अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो त्यसैले…