१६ बर्ष पछि स्पेनले जित्याे फिफा विश्व कपकाे उपाधी
आर्थिक परिवेश

०४ साउन, काठमाडौँ ।  साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल…

अर्जेन्टिना फिफा विश्वकप २०२६को फाइनलमा प्रवेश
आर्थिक परिवेश

३२ असार, काठमाडौँ।   इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए । अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप…

स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपकाे सेफिफाइनमा प्रवेश
आर्थिक परिवेश

२८ असार, काठमाण्डाै ।  फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयमको १२० मिनेटमा लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको हो। अतिरिक्त समयमै अर्जेन्टिनाका अल्भारेजले खेलमा दोस्रो गोल गरेका थिए। अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो। एक खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भएको थियो। अर्जेन्टिनाका खेलाडीविरुद्ध फल गरेपछि रेफ्रीले स्विट्जरल्यान्डका बी।इम्बोलालाई रातो कार्ड दिएपछि उनी बाहिरिएका थिए। पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको थियो। खेलको दोस्रो…

बेल्जियमलाई हराउँदै स्पेन विश्वकप–२०२६ को सेमिफाइनलमा
आर्थिक परिवेश

२७ असार, काठमाडौँ ।   बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चाल्र्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए । त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए । स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्स फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश
आर्थिक परिवेश

२६ असार, काठमाडौंँ ।  कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने । फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो । आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए…