
अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा नेपालको सहभागीता
आर्थिक परिवेश२० कार्तिक,काठमाडौ । नेपाली दूतावास क्यानडाले अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भइ नेपालको पर्यटन प्रवद्र्धन कार्य सम्पन्न गरेको जनाएको छ । आर्थिक कूटनीति कार्यक्रम अन्तर्गत यही १ देखि ३ नोभेम्बर २०२४ सम्म क्यानडाको मोन्ट्रियलको प्यालेस डेस कङ्ग्रेसमा आयोजना गरेको तीनदिने ३४औँ अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भएको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । दूतावासले स्टल स्थापना गरेर पर्यटन प्रवद्र्धनात्मक सामग्री प्रदर्शनी र आगन्तुकहरूलाई वितरण गर्नुका साथै प्रदर्शनी अवधिभर नेपालको पर्यटनसँग सम्बन्धित मुद्रित सामग्री, वृत्तचित्र र दृश्य सामग्री समेत प्रर्दशन गरिएको थियो । नेपाली दुतावासको प्रर्दशनी कक्षमा चिया, कफी, पश्मिना सल, हस्तकला तथा नेपालको कलात्मक…

चालू वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोषकाे प्रक्षेपण
आर्थिक परिवेश१५ कात्तिक, काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । विहीवार सार्वजनिक भएको आईएमएफको एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’ले पुँजीगत खर्च बढ्ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने जनाएको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत भएको र चालू आवमा त्यसमा बढोत्तरी हुँदै ४ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण आईएमएफको छ । आर्थिक वृद्धिमा सुधार हुनुमा सहयोगी मौद्रिक नीतिको पनि भूमिका रहने आईएमएफले जनाएको छ । तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ ।…

नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश१५ कार्तिक काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहिवार स्वदेश फर्किनु भएको छ । अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिेरेले स्वागत गर्नु भएको थियो । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको थियो । त्यसैगरी जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति…

माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
आर्थिक परिवेश१३ कार्तिक म्याग्दी । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको हाे । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको विस्तार गर्नुका साथै…

काटिएको लाइन तत्काल जाेडी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन उद्योगी, व्यवसायीकाे आग्रह
आर्थिक परिवेश११ कार्तिक,काठमाडौँ । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको काटिएकाे लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जा मन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटक पटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरूले शुल्क तिर्ने उल्लेख गर्नुभयो । ऊर्जा मन्त्री खड्काले उद्योगमा…