नेपालले जलवायु संकट सिर्जना नगरे पनि त्यसको ठूलो मूल्य चुकाइरहेको प्रति विश्व मञ्चकाे ध्यानाकर्षण
आर्थिक परिवेश

०९ असाेज, काठमाडौँ ।   प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनबाट सिर्जित संकटको सबैभन्दा ठूलो असर कम कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले भोगिरहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् स्थानीय त्रासदीमा मात्र सीमित नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो। जलवायु परिवर्तनले कुनै सीमा नचिन्ने उल्लेख गर्दै उहाँले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने बताउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शून्य दशमलव एक प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले जलवायु संकट सिर्जना नगरे पनि त्यसको ठूलो मूल्य चुकाइरहेको बताउनुभयो। जलवायु न्याय संयुक्त राष्ट्रसंघका दस्तावेजमा लेखिएको शब्दमा मात्र सीमित हुन…

 प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कतर्फ प्रस्थान
आर्थिक परिवेश

  ०६ असाेज काठमाण्डाै ।   प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। म‌गलवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हाे । उहाँलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ। प्रधानमन्त्री शाह  दाेहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ। सोही दिन प्रधानमन्त्री शाह स‌युक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नु हुनेछ।…

ब्रिक्स सम्मेलन : समावेशी  विश्व  आर्थिक विकासमा जोड
आर्थिक परिवेश

 २८ भदौ, नयाँ दिल्ली,भारत ।   चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले  विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबिच आपसी सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो । मोदीका अनुसार ब्रिक्स राष्ट्रले विश्वको करिब ५० प्रतिशत जनसंख्या, ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र २५ प्रतिशतभन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन् ।…

प्रधानमन्त्री बालेन्द्र शाहले असाेज ८ गते युक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नु हुने
आर्थिक परिवेश

  २६ भदाै  काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्नु हुने भएको छ  । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने महासभाको ‘जनरल डिबेट’ अन्तर्गत २४ सेप्टेम्बर २०२६ मा नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी गराउनु भयो  । महासभामा हालसम्म विश्वका ८१ मुलुकका राष्ट्रप्रमुख र ५० मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भइसकेको परराष्ट्र सचिव राईले बताउनु भयो  । परराष्ट्र मन्त्रालयका अनुसार नेपालले यस पटकको महासभामा राजनीतिक परिवर्तन, पछिल्लो समय मुलुकले भोगेको प्राकृतिक विपद्…

भोटेकोशी बाढीको घटनाबारे कूटनीतिक समुदायलाई ब्रिफिङ
आर्थिक परिवेश

 १८ भदाै, काठमाडौँ ।   परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौँस्थित कूटनीतिक समुदायलाई नेपालमा विपत् निम्त्याएको भोटेकोशी बाढीको घटनाबारे ब्रिफिङ गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैङ्क र एसियाली विकास बैङ्क एवं संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित रहनुभएको थियो । मन्त्री खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे पनि सो क्रममा अवगत गराउनुभयो । मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो।…