प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
आर्थिक परिवेश११ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नु हुने भएकाे छ । प्रधानमन्त्री शाहले मगलवार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकता बारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो ।
भारतले पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता जनायाे
आर्थिक परिवेश२४ वैशाख, काठमाडौं । भारतीय विदेश मन्त्रालयले पेट्रोलियम पदार्थ र रासायनिक मलको नेपाललाई निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्याएको छ । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको व्यापारिक र रणनीतिक सहकार्य बलियाे रहेको बताउनु भयाे । नेपालमा अत्यावश्यक वस्तु आपूर्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले दुई देशबीचको आयात-निर्यात प्रक्रिया निरन्तर जारी रहेकाे समेत जानकारी दिनु भयाे । ‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थका सन्दर्भमा जुन सहयोग सम्झौता छ, हामीले सोही सम्झौता अनुसार नै इन्धन आपूर्ति गरिरहेका छौं,’ पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा प्रवक्ता जैसवालले भन्नु भयाे , ‘यो प्रक्रिया आगामी दिनमा पनि सोही अनुरूप चल्ने छ ।’…
विकास प्रतिवेदनमा सार्कका सदस्य राष्ट्रहरूकाे सहमति
आर्थिक परिवेश११ बैशाख, काठमाडौँ । एशियाली विकास बैककाे सहयाेगमा तयार भएकाे विकास प्रतिवेदनमा सार्कका सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको हो । मालदिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिनुभएको सार्क सचिवालयले जनाएको छ । सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा मालदिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवद्र्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैङ्कप्रति आभार व्यक्त गर्नुभयो । सार्क…
आईएमएफले नेपालको आर्थिक वृद्धिको प्रक्षेपण २.२ प्रतिशतले घटायाे
आर्थिक परिवेश५ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण २.२ प्रतिशत बिन्दुले घटाएको छ । यसअघि गत अक्टोबरमा आईएमएफले नेपालले चालु आवमा ५.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर, त्यस प्रक्षेपणमा उच्च अंकले कटौती गर्दै आईएमएफले यो वर्ष ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो । मध्यपूर्वमा जारी तनाव तथा गत सेप्टेम्बरमा नेपालमा भएको आन्दोलनको प्रभावस्वरुप नेपालको आर्थिक वृद्धि कम हुने आईएमएफले उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०२७ को आर्थिक वृद्धिको प्रक्षेपण पनि ०.५ प्रतिशत बिन्दुले घटाउँदै आईएमएफले ४.६ प्रतिशतमा सीमित गरेको छ । अहिलेको…
अमेरिका इरान बीचकाे इस्लामावाद बार्ता निष्कर्ष विहिन
आर्थिक परिवेश२९ चैत, इस्लामावाद । विशवभर निकै चासाेका साथ हेरिएकाे अमेरिका इरान बीचकाे इस्लामावादमा बार्ता विना निष्कर्ष सकिएकाे छ । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै पनि सम्झौता नगरी स्वदेश फर्किएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली वार्ता असफल भएपछि फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । टोली अब्बास नगरस्थित होटल सेरेनामै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै वार्तामा सहमति नजुटेको पुष्टि गरेको हो। उप राष्ट्रपति भान्सले इरान अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताउनुभएकाे छ। उहाँले आफूहरूले स्पष्ट सर्त राखेको र केही विषयमा लचकता देखाए पनि इरानी पक्षले ती स्वीकार नगरेको दाबी गर्रनुभयाे । तर कुन–कुन सर्त अस्वीकार भए भन्ने…