
२९ कार्तिक, काठमाण्डाै । टर्कीमा भैरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आइतवार स्वदेश फर्किनुभएको छ।
यस क्रममा अर्थमन्त्री वाग्लेले करिब एक दर्जन कार्यक्रमहरुमा सहभागिता जनाउनु भयाे । त्यस क्रममा अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्वोधन गर्नुभयो।
त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका रुपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारेमा नेपालकाे नीतिगत अवधारणा (Fiscal Space for Resilience) छलफलका लागि पेश गर्नुभयो।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाउनुभएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी २० समूहको
अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिवद्धता प्राप्त भएको उहाँकाे सचिवालयले जनाएकाे छ ।
त्यस्तै COP31 मा नेपालले उठाएका विषयमा सहयोग लिने हेतुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँचजना प्रभावशाली जलवायु दूतहरुको छलफल समेत गर्नु भयो ।
अर्थमन्त्रीले बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्र संघीय महासचिवका दुत सेल्विन हार्ट र
हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएको छ ।
जेनेभास्थित विश्व मौसम-विज्ञान संगठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोष सम्बन्धि कार्यक्रमलाई विशेष सम्वोधन गर्नुभएको छ।
जलवायु र अर्थशास्त्रमा ख्याति कमाउनु भएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्रीली भेटघाट गर्नुभयो।
अर्थमन्त्री वाग्ले सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरुको सम्मानमा आयोजित एक कार्यक्रममा पनि सहभागि हुनुभएको उहाँकाे नीजि सचिवालयले जनाएकाे छ ।
मा प्रकाशित