विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्रीकाे जाेड
आर्थिक परिवेश

२४ असाेज, मोरक्को ।   विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंनु भएकाे छ । बैठकमा नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनु पर्ने बिश्व बैकको थिमलाई समर्थन जनाउँदै जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’…

अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउन छलफल
आर्थिक परिवेश

२३ असाेज, मोरक्को ।  मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नु भएको छ । भेटवार्तामा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भयो । उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । अर्थमन्त्री डा. महतले नविनतम वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि-व्यवसाय, पर्यटन र…

प्रधानमन्त्री दाहाल र एशियाली विकास बैंकका पूर्व अध्यक्षको भेटवार्ता
आर्थिक परिवेश

२१ असोज,काठमाण्डौं ।  एशियाली विकास बैंकका पूर्व अध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गर्नु भएकाे छ  । पाँचदिने भ्रमणमा रहेका कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताउनु भयाे । जापानको केन्द्रीय बैंकका गभर्नर समेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराउनु भयाे  । सो अबसरमा प्रधानमन्त्री दाहालले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याउनु भयाे  । नेपालको आर्थिक क्षेत्रको विकासका लागि कुरोदाले लिएको सक्रियताप्रति प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्दै आर्थिक विकासको क्षेत्रमा जापानले…

नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ३.९ प्रतिशतले सुधार हुन्छ : विश्व बैंक
आर्थिक परिवेश

१६ असाेज, काठमाडौं ।  विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । मंगलवार सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर पनि अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण…

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल
आर्थिक परिवेश

१३ असोज, छन्दु चीन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभयो । भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो । उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए । समिटमा…