विश्व बैंकले नेपाललाई २० अर्ब ४० करोड रुपैया प्रदान गर्ने
आर्थिक परिवेश

   १७ चैत्र  काठमाडौँ ।    विश्व बैंकले नेपालकाे तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैया प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’  स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मत सम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाे  छ । विश्व बैंकले बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक…

बङ्गलादेश सँग नेपालकाे ठूलाे व्यापार घाटा
आर्थिक परिवेश

 १४ चैत्र, भद्रपुर झापा।   चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट  दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा  २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै  एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् । काँकडभिट्टाबाट  २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ…

देहरादुनमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु नेपाली मूलका भारतीयहरूकाे नेपाली उत्पादनमा चासाे
आर्थिक परिवेश

०८ चैत्र, देहरादुन, उत्तराखण्ड, भारत ।    नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भारत-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला एवं पर्यटन महोत्सव-२०२५ उत्तराखण्डको राजधानी देहरादुनमा सुरु भएको छ । मार्च २१ देखि २७ (चैत्र ८–१४) सम्म चल्ने यस मेलाले नेपाल-भारत व्यापार, पर्यटन, संस्कृति तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य सङ्घले समान रूपमा डेढ-डेढ करोड रुपैयाँको लगानीमा सञ्चालन गरेको यस मेलामा नेपाल र भारतका एक सयभन्दा बढी व्यापारिक तथा प्रवर्द्धनात्मक स्टलहरू राखिएका छन् । नेपाली हस्तकला, घरेलु तथा साना उद्योगका…

आइएमएफले करिब ५ अर्ब ८१ करोड निकासा दिने
आर्थिक परिवेश

०२ चैत्र, काठमाडौ ।   अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई करिब पाँच अर्ब ८१ करोड (चार करोड १८ लाख अमेरिकी डलर बराबर निकासा गर्ने भएको छ । कोषले विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ)को पाँचौँ समीक्षा सम्पन्न गरी त्यसतो रकम उपलब्ध गराउने निर्णय गरेको हो । आइएमएफ कार्यकारी बोर्ड बैठकपछि शुक्रवार जारी प्रेस विज्ञप्तिअनुसार नेपालले राजनीतिक अस्थिरता तथा गत असोज महिनाको बाढीका कारण उत्पन्न अवरोधका बाबजुद पनि उल्लेखनीय प्रगति गरेको उल्लेख छ । त्यस्तै, नेपालले पुँजीगत खर्चमा वृद्धि, भूकम्प तथा बाढी पहिरोपछिको पुनः निर्माण, लचिलो र सहुलियतपूर्ण मौद्रिक नीति, जलविद्युत् उत्पादनमा भएको वृद्धिलगायत कारणले यस वर्ष नेपालको आर्थिक वृद्धिलाई थप टेवा…

जापानी लगानीकतार्हरूले अर्थमन्त्री सँग गरे छलफल
आर्थिक परिवेश

   १५ फागुन, काठमाडौँ ।    नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गर्नुभएकाे छ । भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो । उहाँले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरूको लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न…