राष्ट्रसङ्घकाे महासभाबाट नेपालको प्रस्तावमा आरोग्य दिवस सम्बन्धी प्रस्ताव पारित
आर्थिक परिवेश

२७ फागुन, काठमाडौं ।    संयुक्त राष्ट्रसङ्घकाे महासभाले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवस  मनाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले बुधवार उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ ।   संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।   राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा…

विश्व बैंकले नेपाललाई झन्डै ७ अर्ब रुपैयाँ ऋण दिने
आर्थिक परिवेश

२७ फागुन, काठमाडौं ।   विश्व बैंकले नेपाललाई झन्डै ७ अर्ब रुपैयाँ (५ करोड २० लाख अमेरिकी डलर) बराबर ऋण स्वीकृत गरेको छ । नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि यो ऋण सहायता स्वीकृत गरिएको विश्व बैंकले जनाएको छ । वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापन सुदृढ बनाउने परियोजनाको उद्देश्य छ । उद्योग र व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने बोयलर र भट्टीबाट निस्कने हानिकारक कण उत्सर्जन कम गर्ने, करिब ४ सय उद्योगलाई विद्युतीय बोयलर, आधुनिक भट्टी वा उन्नत प्रदूषण नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्ने समेत परियोजनाको लक्ष्य छ । यो परियोजनाको प्राथमिकता बढी वायु प्रदूषण रहेको काठमाडौं उपत्यका, तराई…

एडीबी र विश्व बैंकले नेपाललाई ४ करोड डलर ऋण दिने
आर्थिक परिवेश

२६ फागुन, काठमाडौं ।  एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। यो भनेको नेपाली ५ अर्ब ८७ करोड रुपैयाँबराबर हो। डिजिटल रुपान्तरण र नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवाहरुमा पहुँच विस्तार गर्न उक्त ऋण दिन लागिएको एडीबीले जनाएको छ। एडिबि र विश्व बैंकको पूर्ण द्विपक्षीय अवधारणाअन्तर्गत दक्षिण एसियामै पहिलोपटक नेपाल डिजिटल रुपान्तरण परियोजनालाई दिइने यस ऋणले देशको डेटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधारलाई बलियो बनाउने छ। यसले देशैभर डिजिटल सुरक्षा, आधुनिक र प्रयोगकर्ताकेन्द्रित सार्वजनिक सेवाका पूर्वाधारलाई थप मजबुत बनाउने एडीबीको अपेक्षा छ। यसले एउटा सुरक्षित सरकारीस्तरको डेटा एक्सचेन्ज प्लेटफर्म विकास गर्न सहयोग…

 विश्व बैंकले ९ करोड ५० लाख अमेरिकी डलर सहयोग दिने
आर्थिक परिवेश

२० माघ, काठमाडौं ।   विश्व बैंकले नेपालका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर (करिब १२ अर्ब ६० करोड रुपैयाँ) सहयोग दिने भएको छ । बैंकले १ लाखभन्दा बढी साना तथा मझौला व्यवसायी लाभान्वित हुने र नेपालमा रोजगारी केन्द्रित आर्थिक वृद्धिलाई सहयोग गर्न उक्त रकम दिने भएको हो । विश्व बैंकको ‘दिगो र समावेशी वित्त परियोजना’ अन्तर्गत प्राप्त हुने यो रकम नेपालको निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सुदृढ बनाउन खर्च गरिने छ । यसले जोखिम बाँडफाँट गर्ने क्षमता बढाउनुका साथै वित्तीय दिगोपन सुनिश्चित गर्ने बैंकले जनाएको छ । ‘वित्तीय पहुँचमा सहजता र कारोबारका…

नेपालमा लगानी गर्न जापानी लगानीकर्ताहरूलाई राष्ट्रपतिकाे आग्रह
आर्थिक परिवेश

 १९  माघ जापान । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न जापानी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याएपश्चात्, नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको छ भन्नुभयो । उहाँले उक्त कार्यक्रमले नेपाल–जापानको कूटनीतिक सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउन र आगामी वर्षहरूमा गहिरो तथा फलदायी द्विपक्षीय सहकार्यको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाल र जापानबिच विशेष गरी भगवान् बुद्धको शिक्षामा आधारित संस्कृति,…