विश्व व्यापार संगठन मन्त्रिस्तरीय बैठक
आर्थिक परिवेश

विश्व व्यापार संगठन (डब्लुटिओ) को १२ औ मन्त्रिस्तरीय बैठक यही नोभेम्बर ३०देखि डिसेम्बर ३ सम्म स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने भएको छ । बैठकमा नेपाली विश्व व्यापार संगठन सहभागिता जनाउने गरी आवश्यक तयारी भएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । बैठकको क्रममा भूपरिवेष्ठित र अतिकम विकसित मुलुकहरुले विश्व व्यापारको क्रममा भोग्नु परेका साझा समस्या, कोरोना पछिको खोपको उपलब्धता, अतिकम विकसित मुलुकहरुको स्तरोन्त्ती तथा सदस्य मुलुकहरुले दिगो विकासका लक्ष्य प्राप्तीका सन्दर्भमा प्राप्त गरेका उपलब्धीहरुका वारेमा छलफल हुने मन्त्रालयले जनाएको छ । बैठकको क्रममा नेपालले प्रस्तुत गर्ने अवस्थापत्र (पोजिसन पेपर)को तयारीका लागि मन्त्रालयले सम्बन्धीत विषयमा सरोकार भएकाहरु संग छलफल समेत गरेको…

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव
reporter

चितवन ।तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिने श्रेष्ठको भनाइ छ । महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने र यसका लागि आवश्यक छलफल भइरहेको…

‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’
आर्थिक परिवेश

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । ढोरपाटनमा सडकको सहज पहुँच, होटेल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो । यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण केही…

तरलता व्यवस्थाका निम्ति बैङ्किङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै
आर्थिक परिवेश

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैङ्कले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैङ्कले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैङ्कले यसअघि यही महिनामा दुई पटक रिपो जारी गरिसकेको छ । बिहीबार जारी हुने रिपोसहित अब रु ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैङ्क तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैङ्कले जनाएको छ । तरलता…

सुनको मूल्य एक हजार ३०० ले बढ्यो
आर्थिक परिवेश

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधवार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ । बुधवार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बुधवारका तुलनामा रु २० बढेको छ । चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधवार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो…