नेपाल र श्रीलङ्काबीच व्यापार, लगानी वृद्धि, पारस्परिक हित र चासोका विषयमा छलफल
आर्थिक परिवेश

०५ पुष,काठमाडौँ ।  नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ । नेपाल–श्रीलङ्का संयुक्त आयोगको आज  भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच  हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य लगायतका विषयमा छलफल भएकाे छ । छलफलमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रियालाई सुदृढ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मञ्चमा सहकार्य गर्ने सम्बन्धमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली पक्षको नेतृत्व त्यहाँका विदेश मन्त्री…

परराष्ट्र मन्त्रालयकाे सचिवमा पहिलाे पटक महिला नियुक्त
आर्थिक परिवेश

२८ मंसिर, काठमाडौँ ।  सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई  सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो  । बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो छ । आजै दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको सरकारको चौमासिक कार्य प्रगति समीक्षा बैठकका सम्बन्धमा सञ्चारकर्मीले साधेको…

उत्सर्जनमा नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको हानिकारक असर भोगिरहेको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

१६ मंसिर, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उहाँले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिनीहरूलाई पहिले बचाउनुहोस् ।” जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट…

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
आर्थिक परिवेश

१५ मंसिर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा लगानी बढाउन संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र दुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नुभएको हो । सम्मेलन युएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र युएईबिच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो । फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्तालाई…

जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउछु : प्रम दाहाल
आर्थिक परिवेश

१५ मंसिर,काठमाडौँ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुग्नुभएका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउनुभयो । प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई…