
नाै महिनामा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब
आर्थिक परिवेश२७ वैशाख, काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड रूपैया पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो । गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड रूपैया बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रबाह वृद्धिदर १३ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या…

नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया चीनले उपलब्ध गराउने
आर्थिक परिवेश१६वैशाख,काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसंग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गर्नुभएको छ । सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने लगातका विभिन्न बिषयमा छलफल भएको छ । भेटमा मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा समेत छलफल भएको छ । चिनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएकाे अर्थमन्त्रीकाे सिचवालयले जनाएकाे छ । मन्त्री डा. महतले चिनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताउनु भयो । भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया उपलब्ध गराउन…

बेलायती लगानीकर्ताहरुलाई नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह
आर्थिक परिवेश९वैशाख,काठमाडौ । बेलायती व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेकोले नेपालमा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्न खोजीरहेकाले ब्रिटिस कम्पनीलाई नेपाली कम्पनीसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पछिल्लो एक दशकभित्र सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउँदै कानुनी तथा भौतिक पूर्वाधार विकासका लागि नेपाल सरकारले काम गरिरहेको बताउनुभयो । नेपालमा…

नेपालमा मल तथा गहुँको निर्यात गर्नका लागि रुसले देखायाे रुचि
आर्थिक परिवेश८ वैशाख, काठमाडौं। रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणमा रुस जानु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता सम्पन्न भएको छ । अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनका बिचमा शुक्रबार दिउँसो भेटवार्ता सम्पन्न भएको हो । भेटवार्ताका क्रममा दुई देशकाबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालय बीच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएका छन् । अध्यक्ष तिमिल्सिनाले दुई देशको बिचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा…

नेपाल र बेलायतबीच भूपू गोर्खाहरुको माग सम्बोधनका वारेमा लण्डनमा छलफल
आर्थिक परिवेश७ बैशाख,काठमाडाै । नेपाल र बेलायतबीच भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको दोश्रो वैठक बुधवार लण्डनमा सम्पन्न भएकाे छ । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र संयुक्त अधिराज्य बेलायतका रक्षा राज्यमन्त्री एन्डीउ मरिसन बीच भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा छलफल भएकाे हाे । वैठकमा विशेष गरी नोभेम्बर ३, २०२२ मा भएको समितिको पहिलो वैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्शन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भएकाे बेलायतसि्थत नेपाली राजदूतावासले जनाएकाे छ । यस अघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयहरुमा पुनः प्राविधिक तहको वैठक र सेप्टेम्बर महिनामा द्विपक्षीय समितिको अर्को वैठक…