नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने : विश्व बैंक
आर्थिक परिवेश

२६ चैत, काठमाडौं ।    चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो बताएको हो । खासगरी कृषि उत्पादनमा आएको कमी र खाडी मुलुकमा चर्किएको युद्धको असरले नेपालको अर्थतन्त्रमा समेत असर पारेको विश्व बैंकको भनाइ छ । तरपनि  नयाँ सरकार गठन हुनु र आर्थिक सुधारका पक्षमा काम हुँदै जाँदा यो अवस्थामा अझ सुधार हुन सक्ने समेत विश्व बैंकका अधिकारीहरूले बताएका छन् । मध्यपूर्वमा जारी द्वन्द्व र भदौमा भएको आन्दोलनको प्रभाव अर्थतन्त्रमा देखिने समेत विश्व बैंकले…

बहुराष्ट्रिय ठूला कम्पनी वा त्यसको लगानी भित्र्याउन अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

१७ चैत, काठमाडौं ।    नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले सोमबार साँझ बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका विद्यमान समस्या एवम् समाधानका उपायका विषयमा छलफल गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले आम नेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक वृद्धिको अपेक्षा हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिनु भएकाे छ । उहाँले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पुराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्नु भयाे  । साथै…

वैदेशिक रोजगारीमा जानेले सरकारी अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न सक्ने
आर्थिक परिवेश

१७चैत काठमाडौँ ।    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद  बजगाईँले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । श्रम…

गैरआवासीय नेपाली संघ निर्वाचन सबै पदमा सर्वसम्मत
आर्थिक परिवेश

०४ चैत्र, काठमाण्डौ ।   गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । महाधिवेशनले संघको अध्यक्षमा डा. हेमराज शर्मा बेलायतलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसै गरी उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया),बुद्धि सुबेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा) निर्विरोध निर्वाचित हुनु भएको छ ।   त्यसै गरी डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन…

राष्ट्रसङ्घकाे महासभाबाट नेपालको प्रस्तावमा आरोग्य दिवस सम्बन्धी प्रस्ताव पारित
आर्थिक परिवेश

२७ फागुन, काठमाडौं ।    संयुक्त राष्ट्रसङ्घकाे महासभाले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवस  मनाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले बुधवार उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ ।   संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।   राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा…