जापानले आगामी पाँच वर्षभित्र १९ अर्ब डलरका व्यापार परियोजना सञ्चालन गर्ने
आर्थिक परिवेश

०५ पुष,टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजना सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो । प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेतासँग पहिलो शिखर सम्मेलन आयोजना गर्नुभयो । बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार जापानले मध्य एसियामा पाँच वर्षभित्र कुल तीन करोड येन बराबरका व्यापार परियोजनाको लक्ष्य तय गरेको छ । जापानले दुर्लभ धातु आपूर्ति विविधिकरण गर्न र चीनमा निर्भरता कम गर्न यस क्षेत्रमा लगानी गर्न इच्छुक छ । वक्तव्यमा उल्लेख छ,“प्राकृतिक स्रोत र ऊर्जा स्रोतले धनी…

एडिबिले नेपाललाई १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने
आर्थिक परिवेश

२ पुस, काठमाडौं ।   नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन तथा सेवा विस्तार सुधार र सुदृढीकरण कार्यक्रमको सबप्रोग्रम २का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थ मन्त्रालयमा बुधबार एसियाली विकास बैंकसँग सम्झौता गरिएको हो। उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराइएको छ। प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ। ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका…

नेपालले मौरिसससँगको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गरयाे
आर्थिक परिवेश

२४ मङ्सिर काठमाडौँ ।   नेपाल सरकारले मौरिसससँग सन् १९९९ अगस्त ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णयको गरेकाे छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले नेपालका तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतमा सम्झौता खारेजीको सूचना औपचारिक पत्रमार्फत मौरिसस सरकारलाई   सम्प्रेषण गर्नु भएकाे छ। विभागद्वारा वुधवार जारी प्रेस विज्ञप्तिअनुसार यो कदम हालको घरेलु कर कानुन तथा विश्वव्यापी कर शासन व्यवस्थामा आएका महत्त्वपूर्ण परिवर्तनहरूसँग नेपाललाई मिलाएर लैजान आवश्यक भएकाले चालिएको रणनीतिक निर्णय भएकाे उल्लेख छ  । नेपालले आयकर ऐन, २०५८ ले कर प्रणालीमा व्यापक सुधार गरेको र ऐनमा कर दुरुपयोग नियन्त्रणसम्बन्धी आधुनिक प्रावधानहरू समावेश हुँदा विद्यमान दोहोरो…

चीनको आयात र निर्यात ३.९ खर्ब युआन पुग्याे, व्यापार वृद्धिमा स्थिरताको सङ्केत
आर्थिक परिवेश

२२ मंसिर, काठमाडौं ।  उत्तरी क्षिमेकी मुलुक चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ। चिनियाँ भन्सार प्रशासनका अनुसार यो वृद्धि दर वर्षको पहिलो १० महिनामा देखिएको ३.६ प्रतिशतको दरसँग स्थिर रहेको छ। यसले चीनको व्यापार वृद्धिमा स्थिरता आएको सङ्केत गर्दछ। विशेषगरी नोभेम्बर महिनामा मात्र चीनको आयात र निर्यात ३.९ खर्ब युआनमा पुगेको छ, जुन वर्षभरको तुलनामा ४.१ प्रतिशतले बढेको हो। यसमा निर्यातको योगदान ठूलो रहेको जनाइएको छ। विश्लेषकहरूले चीनको विदेशी व्यापारमा यो स्थिर वृद्धि विश्व अर्थतन्त्रमा चीनको योगदान र निर्यात–आयात दुवै क्षेत्रको सन्तुलनको सङ्केत भएको बताएका छन्। चीनले मुख्य रूपमा…

विश्व व्यापार संगठनमा नेपालको तेस्रो व्यापार नीति समीक्षा
आर्थिक परिवेश

०३ मंसिर, काठमाण्डौ ।    स्वीटजरल्याण्डको जेनेभास्थित विश्व व्यापार संगठन (डब्लूटीओ) मा नेपालको तेस्रो व्यापार नीति समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपालले विश्व व्यापार संगठन (डब्लूटीओ) मा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । सोमबारदेखि जेनेभामा सुरु भएको तेस्रो व्यापार नीति समीक्षा बैठक बुधबार सकिएको हो । समीक्षाका क्रममा नेपालले व्यापार तथा लगानीका क्षेत्रमा गरेको संस्थागत,कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएको थियो । बैठकमा नेपालले,महिला र युवा उद्यमशीलता प्रवद्र्धन,जलवायु सहनशील व्यापार संरचना विकास र लगानी आकर्षित गर्न अपनाइएका उपायलाई जानकारी गराएको छ । समीक्षा बैठकमा डब्लूटीओका ४२ सदस्य राष्ट्र सहभागी थिए । त्यसमा १७ सदस्यले नेपाललाई अग्रिम रूपमै…