
अष्ट्रेलियाका गर्भनर समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
आर्थिक परिवेश२३ माघ, काठमाण्डौ । अष्ट्रेलिया तथा कमनवेल्थका लागि नव नियुक्त नेपाली राजदुत चित्रलेखा यादवले अष्ट्रेलियाका गर्भनर समक्ष आफनो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको छ । नव नियुक्त नेपाली राजदूत चित्रलेखा यादवले मंगलवार अष्ट्रेलियाकी गर्भनर साम मोस्टिन एसी समक्ष क्यानबेरास्थित सरकारी भवनमा आयोजना गरिएको समारोहमा ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नु भएको हो । समारोहमा श्रीमती यादवsf] सम्मान सम्मान गारद प्रदान गरिएको थियो । आहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपाली राजदूत श्रीमती यादवले अष्ट्रेलियाका माहमहिम गभर्नर जनरलसँग शिष्टाचार भेट समेत गर्नु भयो । त्यस अवसरमा महामहिम राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनु भएको हार्दिक बधाई एवं शुभकामना सन्देश प्रस्तुत गर्नु हुँदै नेपाल…

बङ्गलादेशका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
आर्थिक परिवेश१७ माघ, काठमाडौँ । नेपालले बङ्गलादेशका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेकाे छ । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताउनु भयाे । राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार…

बिहिवार नेपाली बजारमा विदेशी मुद्राकाे विनिमय दर
आर्थिक परिवेश१७ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा,…

नेपाल फाइनान्सियल एक्सन टास्कफोर्सको सम्भावित ‘ग्रे लिष्ट’ मा पर्न सक्ने जोखिम बढ्याे
आर्थिक परिवेश१४ माघ, काठमाण्डौ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्कफोर्सको सम्भावित ‘ग्रे लिष्ट’ मा पर्न सक्ने बारेमा चिन्ता व्यक्त गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८१ का वक्ताहरूले नेपालले कानुनी सुधारमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर हुँदा जोखिम बढेको धारणा राख्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्भावित जोखिम टार्न सबै निकाय र सरोकार भएकाहरूले आ–आफ्नो काम जिम्मेवारीका साथ पूरा गर्नुपर्ने बताउनु भयोे । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा अनुसन्धान र अभियोजन गर्दा निर्दोष नफस्ने र…

यूएसएआइडीको अनुदान अन्तर्गतका परियोजनाको काम नगर्नु : अर्थ मन्त्रालय
आर्थिक परिवेश१४ माघ, काठमाण्डौ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।